गुल्मीमा घरमै पार्किङ गरेको मोटरसाइकल चोरी, तेल सकिएपछि बीचमै छाडियो



Live Gulmi


सागर भण्डारी, गुल्मी । गुल्मीमा घरमै पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीमा घरमै पार्किङ गरेको मोटरसाइकल चोरी भएको हो ।

स्थानीय विक्रम श्रेष्ठको मोटरसाईकल घर अगाडी पार्किङ गरि राखिएकोे अवस्थामा चोरी भएको हो । श्रेष्ठको लु ५० प १०२५ नम्बरको १ सय ५० सीसीको पल्सर मोटरसाईकल चोरी भएको हो । घरमै मोटरसाईकल पार्क गरी राखेको अवस्थामा राति मोटरसाइकल चोरी भएको उहाँले बताउनुभयो ।

Jeewan and Rajan Tailors

मोटरसाइकल चोरी भएको खबर पाउनासाथ उक्त स्थानमा पुगेको वामी प्रहरी चौकीको टोलीले खोजी कार्य गर्दा उक्त मोटरसाईकल गलकोट नगरपालिका हरिचौरमा फेला पारेको वामी प्रहरी चौकीका ईन्चार्ज बरिष्ठ सई लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।

The Star Family Restaurant

“हामीले खबर पाउना साथ खोजि कार्य थाल्यौ, गलकोटमा गएराति मोटरसाईकलबाट तेल चोरी हुँदै गरेको अवस्थामा स्थानीयले देखेका रहेछन् चोरी भएको मोटरसाईकलमा तेल सकिएर फेरी तेल चोरी गर्न लाग्दा स्थानीयले थाहा पाएपश्चात चोरी गरेको मोटरसाईकल छोडेर भागेको भन्ने बुझिएको छ ।”

उक्त मोटरसाइकल भेटिएको ठाउँमा केही शंकास्पद वस्तु समेत फेला परेकाले चोर गर्ने व्यक्तिको समेत पत्ता लाग्ने उहाँले बताउनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया