पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकार जनार्दन घिमिरे सम्मानित



Live Gulmi


गुल्मी । पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकार जनार्दन घिमिरे सम्मानित हुनुभएको छ । संविधान दिवसको अवसरमा गुल्मीको धुर्काेट गाउँपालिकाले प्रदान गर्ने ‘पत्रकारिता वर्ष पुरस्कार-२०८०’ बाट १० हजार नगदसहित पत्रकार घिमिरे सम्मानित हुनुभएको हो ।

धुर्काेट गाउँपालिकाले कार्यपालिकाकाे निर्णयबाट पत्रकार घिमिरेलाई सम्मान गर्ने निर्णय गरेको र संविधान दिवसको अवसरमा सम्मान गरेको गाउँपालिका अध्यक्ष भुपाल पाेखरेलले जानकारी दिए ।

Jeewan and Rajan Tailors

पत्रकार घिमिरेलाई जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले सम्मान सहित पुरस्कार प्रदान गरेका थिए ।

The Star Family Restaurant

सम्मानित भएपछि पत्रकार घिमिरेले विगत २३ वर्षदेखि निरन्तर गरिरहेकाे पत्रकारिता कर्मलाई मुल्यांकन गरेकोमा धुर्काेट गाउँपालिकालाई धन्यवाद दिए । पत्रकार घिमिरे नेपाल पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष हुन् । हुनी विभिन्न राष्ट्रिय मिडियामा कार्यरत छन् ।

सम्मानित पत्रकार जनार्दन घिमिरे

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया