गुल्मीमा संविधान दिवस : सर्वसाधारणको सहभागिता शून्य



Live Gulmi


प्रेम सुनार, गुल्मी । गुल्मीमा पनि विविध कार्यक्रमका साथ संविधान दिवस मनाइएको छ । तर, यो दिवसमा सर्वसाधारणको सहभागिता शून्य रहेको छ । संविधान दिवस मुल समारोहका अध्यक्ष जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्रीको नेतृत्वमा तम्घासका पानीका मुल पधेरा लगायतमा सरसफाई गरि प्रभावतफेरी गरिएको थियो ।

कार्यक्रममा प्रदेश सांसद डिल्लीराज भुसाल, दिनेश पन्थी, प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवर लगायतको सहभागिता थियो । कार्यक्रममा चार वटै सुरक्षा निकाय, कर्मचारी, राजनैतिक दल, संघ संस्थाको प्रतिनिधित्व देखिए पनि सर्वसाधारण नागरिकको सहभागिता शून्य प्राय थियो । कोणसभालाई सम्बोधन गर्दै मुल समारोह समितीका अध्यक्ष खत्रीले संविधान रक्षाका लामी सबै एक जुट हुन अपिल गरेका थिए । प्रजिअ केसीले त्रिदिवसीय संविधान दिवस गर्न लागिएको र आज विहान घर घरमा पुगेर ढोकामा गमला राख्न सुसुचित गरिएको साथै साँझ सबै कार्यालय देखि सर्वसाधारणको घरघर सम्म दिपावी गर्न रेडियोहरु बाटै सुचना जारी गरिएको बताए ।

त्यस्तै जिल्लाका १२ वटै स्थानिय तहले पनि आ आफ्नो स्थानमा तीन दिन सम्म विविध कार्यक्रमका साथ संविधान दिवस मनाइरहेको जिल्ला समन्व्य प्रमुख खत्रीले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया