बाबुआमा बिहिन बलबहादुरलाई ६३ वर्षमा नागरिकता



अनिष पन्थी


अनिष पन्थी,गुल्मी । एउटा १२/१५ बर्ष जस्तो देखिने अपाङ्ग बालक माग्दै आउने क्रममा सदरमुकाम तम्घासको एउटा घरमा पस्यो न त बोल्न नै सक्छ न त कहाँ के हो भनेर केही खुलाउन सक्छ त्यो अवस्थामा देखेपछि गुल्मीको रेसुङ्गा नगरपालिका ९ चारिखोलाकि स्थानीय पार्वती नेपालीले अपाङ्ग बालकलाइ परिवार जनको सम्पर्क नहुनेजेल संरक्षण गरि पाल्दै आइन ।
कुनै ठेगना नखुलेका बल बहादुर नेपाली उनी अहिले उमेरले ६३ बर्ष भए ।माग्दै आउने क्रममा जब आफ्नै घरमा आएपछि जुन हुलिया देख्न साथ आफैलाइ पिर लाएको कारण पालन पोषण गरि पार्वतीले हुर्काइन बढाइन। आफ्ना छोरा छैनन तिन छोरी मात्र भएको र बलबहादुरलाई छोरो सरह पालेको पार्वती बताउछिन।

धेरै बर्ष बित्दै गयो तर बलबहादुरलाइ खोज्न उसको परिवार आएन न त बोल्न नै सक्छन न त केही बुझछन शारीरिक, मानसिक रुपमा अपाङ्ग भएका बलबहादुरको कुनै वतन खुल्न सकेन बलबहादुरको घर कहाँ हो?केहो?कसरी आयो भन्ने आफैलाइ थाहा छैन माग्दै आउने क्रममा आफ्नै घरमा आएको र बेवारिसे देखेपछि आफुले राखेको पार्वती बताउँछिन।
पछि कोहि परिवार सम्पर्कमा आए परिवारको जिम्मा लगाइदिन्थे तर बर्षौ बित्दै गयो सबैलाई हार गुहार गर्दै गरेको तर उ केही बोल्न नसकेको कारण केही खुल्न सकेन र आफैले पालन पोषण गरेको पार्वती बताउँछिन।
पालन पोषण गर्दा अप्ठ्यारो चुनौती त धेरै छ न त बोल्न नै सक्छन न त केहि बुझछन सबै कुरा हातको इसारामा भन्नुपर्छ पार्वती बताउछिन् तर पनि आफुले धर्म कमाएको उनको भनाइ छ।

Jeewan and Rajan Tailors

धेरै बर्ष बित्दै गयो अब परिवार कसैले खोज्न नआएपछि बलबहादुरको राहतको लागि नागरिकता बनाउनको निम्ति संरक्षक पार्वती वडा कार्यालय र नगरपालिका धाइन तर कसैले वास्ता गरेन, तत्कालीन वडाध्यक्ष नारायण सुनारलाई नागरिकता बनाइदिन सिफारिस गरिदिनु भन्दै पार्वती वडा कार्यालय पुगिन तर न त वडा कार्यालयले वास्ता नगरेको संरक्षक पार्वती बताउछिन ।
पछि नगरपालिका नै पुगिन तर नगरपालिकाबाट पनि कुनै वास्ता भएन पछि २०७९ मा स्थानीय तहको निर्वाचन भयो वडा र नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएपछी पार्वतीलाई केही आस लाग्यो र नयाँ जनप्रतिनिधि निर्वाचित भएको १ बर्ष पछि पार्वती पुनः वडा नम्बर ९ को कार्यालय पुगिन र वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेलाई आग्रह गरिन ।
वडाध्यक्ष पाण्डेलाई पार्वतीले संरक्षण गरेको कुरा थाहा नै थियो त्यपछी स्थायी नेपाली नागरिकता सिफारिस गर्नका लागि स्थलगत सर्जमिन मुचुल्का तयार गरिएको वडाध्यक्ष पाण्डे बताउँछन। सबैको रोहवरमा बलबहादुरको नागरिकता बन्यो नागरिकता बन्दा आफू धेरै खुसी भएको संरक्षक पार्वती बताउँछिन ।

The Star Family Restaurant

बलबहादुरको नागरिकतामा बाबु-आमाको नाम भने उल्लेख गरिएको छैन मातापिताको नाम ठेगाना केही नभएपछि संरक्षणको आधारमा नागरिकता उपलब्ध गराइएको हो।
मातृत्व र पितृत्व नभएका व्यक्तिलाई पनि नेपालको संविधानमा नागरिकता दिने भन्ने व्यवस्था रहेकोले नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताए ।

बलबहादुरको परिचयको बारेमा केहि जानकारि नभएको कुरा साचो हो भन्ने भएपछि वडा कार्यालयले नागरिकताको लागि सिफारिस दिएको र वडाध्यक्ष,स्थानीय स्वयं परिवार सबैको रोहवरमा जिल्ला प्रशासन आएपछि नागरिकताको प्रदान गरिएको गैरे बताउँछन।
मुचुल्का उठाउदा माग गरेको सम्बन्धमा विभिन्न प्रश्न गरि रेसुङ्गा नगरपालिका ०९ नं. वडा कार्यालयबाट भेला गराई सोधपुछ गर्दा जिल्ला प्रशासन कार्यालयलाई चित्त बुझेको गैरेको भनाइ छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया