गुल्मीको रेसुङ्गामा पञ्चमीमा मेला लाग्ने



Live Gulmi


गुल्मी । गुल्मीको प्रसिद्ध धार्मिक क्षेत्र रेसुंगामा तीजको दोश्रो दिन श्रीपञ्चमीको अवसरमा ऋष्य श्रृङ्ग ऋषिको नवनिर्मित मूर्ति अनावरमण गरिने भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा प्यूठानको प्रसिद्ध धार्मिक क्षेत्र स्वर्गद्वारी पिठका उत्तराधिकारी बालब्रह्मचारी डा. रुद्रानन्द (ध्रव श्री) बाट उक्त मूर्ति अनावरणको उद्घाटन गरिने भएको हो ।

सो अवसरमा विविध सांस्कृतिक साथै धार्मिक प्रवचन समेत हुने भएकाले सम्पूर्ण भत्तजनहरुलाई हार्दिक निमन्त्रणा गर्दर्छौं । समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले भने । उनले रेसुंगा र स्वर्गद्वारी दुई प्रसिद्ध धार्मिक क्षेत्र जोड्ने जम्घट पनि उक्त कार्यक्रम मार्फत गरिने बताए । उक्त प्रवचनमा गाई, गोरुको धार्मिक महिमाबारे प्रकाश पारेर गौहत्या गर्ने प्रवृत्तिको अन्त्यको प्रयास हुने अध्यक्ष भुसालले बताए । उनका अनुसार गाई, गोरु मनुष्यको सन्देश भगवानसम्म पु¥याउने धार्मिक जनविश्वास रहेको छ ।

Jeewan and Rajan Tailors

भुसालले रीडि संस्कृत विद्यापिठका महिला सहित आम महिलाहरुलाई श्रीपञ्चमी पूजामा सहभागी गराउने कार्यक्रम रहेकाले यस जिल्ला र छिमेकी जिल्ला अर्घाखाँची बाग्लुङ्गसम्मका भक्तजनहरुलाई सहभागिताका लागि अपिल गरेका छन् । सो अवसरमा गर्जुराको नवनिर्मित रेसुंगा पार्क रेसुंगा नगरपालिकाले खोलिदिए झन ठुलो सहभागिता हुने अध्यक्ष भुसालले उल्लेख गरे । प्रेम सुनार, ग्लाेबल 

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया