आज विपि जयन्ती:गुल्मी कांग्रेस र तरुण दलले विभिन्न कार्यक्रम गरि मनाए



अनिष पन्थी


गुल्मी । आज बिपि जयन्ती गुल्मीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ। नेपाली कांग्रेस गुल्मी र नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरि ११० औं विपि जयन्ती मनाइएको हो।

नेपाली कांग्रेस गुल्मीले विपी जयन्तीमा फरक क्षमताका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । उपल्लो तम्घास माध्यमिक बिद्यालयमा अध्यनरत ५० भन्दा बढी फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरि विपि जयन्ती मनाएको हो।

Jeewan and Rajan Tailors

यता नेपाल तरुण दल जिल्ला कार्य समितिले सदरमुकाम तम्घासको सहिद चोकमा दिप प्रज्वलन गरि विपि जयन्ती मनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले विपी काेइराला एउटा काङ्ग्रेस नेता मात्र नभइ साहित्य, लेख लेखन र समग्र नागरिकका मुद्दा वाेकेर हिड्ने एउटा सरल र सादकी नेता भएको बताए।
विपिले छाडेर गएका अनुकरणीय र सम्झना लायक कुराहरु हामीले अनुसरण गर्नुपर्ने बताउँदै सबै विपिको बाटोमा हिडनुपर्ने बताए ।विपिको योगदान धेरै भएको बताउँदै विपिको सङकल्पले आज सबैले लोकतान्त्रिक अनुभुती गर्न पाएको नेता श्रेष्ठले बताए ।

The Star Family Restaurant

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया