गुल्मीको इस्मामा मनाइयो विश्व आत्महत्या रोकथाम दिवस



Live Gulmi


सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने मुल नाराका साथ इस्मामा विश्व राेकथाम दिवस मनाइएको हो ।

गाउँपालिकामा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या राेकथाम २०८० सञ्चालन गरिएको छ । गाउँपालिकाले वडा नम्बर ६ काे अम्मरपुरमा उक्त कार्यक्रम सञ्चालन गरेको हाे । जिल्लाकाे इस्मा गाउँपालिकामा अत्याधिक मात्रामा आत्महत्या बढेको छ । गाउँपालिकाका ११ जनाले याे आर्थिक वर्ष आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

Jeewan and Rajan Tailors

गाउँपालिकाकाे स्वास्थ्य शाखाको आयोजनमा सञ्चालन भएकाे कार्यक्रम उपस्थित गाउँपालिकामा कार्यरत डा.विपेन भण्डारीले आत्महत्या बढ्नुकाे कारण यसकाे अवस्था नियन्त्रण लगाएत विषयमा जानकारी गराए । गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले हामीले आफै प्रण गराैं जिवनकाे यो अमुल्य जीवन सजिलै नफालाैं तपाईंका समस्या प्रति गाउँपालिका सधैं हाजिर छ समस्या समधानका लागि जुदाैं तर व्यार्थमा प्रण त्याग नगराैं । तपाईंका समस्या प्रति र आत्महत्या जस्ता गतिविधि गर्ने प्रयास गरेका नागरिकलाई नजिकैको वडा कार्यालय वा प्रहरीमा खवर गर्न उनले आग्रह गरिन् ।

The Star Family Restaurant

त्यस्तै गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले समस्या नभएको मानिस हुदैन सबै नागरिकका साना ठुला समस्या हुन्छन् समस्याबाट भागेर आत्महत्या गर्ने र प्रयाेस गर्ने कुरालाइ निरुत्साहित पार्नुपर्ने उनले बताए । नागरिकका साना ठुला समस्या हामीले पनि सम्बाेधन गर्न सक्छौ हामीलाई पनि सेयर गर्नुहाेला । याे आत्महत्या राेकथामका लागि सबै नागरिकलाई जानकारी गराउँन उपस्थित नागरिक र आम इस्मा वासीलाइ जानकारी गराए ।

कार्यक्रममा ओम प्रसाद गाैतम माविका विद्यार्थी र अम्मरपुरका नागरिककालाई यश विषयमा जानकारी र प्रशिक्षण गराइएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया