छापहिले-रुपन्देही सम्पर्क समाजकाे तीज मिलन कार्यक्रम सम्पन्न



Live Gulmi


कमल गिरी, बुटवल / महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर छापहिले–रुपन्देही सम्पर्क समाजले शनिबार बुटवलको फुलबारीमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेबाट रुपन्देहीमा आई स्थायी वा अस्थायी रुपमा बेसोबास गर्दै आएकाहरुको भाईचार तथा सद्भाव अभिबृद्धि गर्ने उद्देश्यले गठित छापहिले–रुपन्देही सम्पर्क समाजले गरेको तीज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले गुल्मीको कला संस्कृतिको संरक्षण, आपसी सद्भाव र रुपन्देही र छापहिले लाई जोड्ने पुलको काम गर्नुपर्नेमा जोड दिएका थिए ।

Jeewan and Rajan Tailors

कार्यक्रममा बोल्दै प्रमुख अतिथि छापाहिलेका वडाध्यक्ष रेखाकुमार जिसीले छापहिलेबाट रुपन्देहीमा आएर बसेका व्यक्तिहरु बिचमा चिनजान नभएकै कारण गारो साँगुरो पर्दा समस्यामा पर्ने स्थितीको अन्त्य हुनु पर्नेमा जाेड दिए । उनले संस्था स्थापनाले आपसमा जानपहिचानकालागि सहज भएको बताए ।

The Star Family Restaurant

त्यस्तै वक्ताहरु विशिष्ट अतिथि संस्थापक अध्यक्ष इश्वर गिरी (अंकित), निवर्तमान अध्यक्ष प्रकाश कार्की लगायत संस्थापक कृष्ण कार्कीले यस सम्पर्का समाजको उत्तरौत्तर प्रगतिको लागि सम्पुर्ण सदस्य ज्यु हरुलाइ अफ्नो क्षेत्रबाट कटिबद्ध भै लाग्न सुल्झाउदै छापाहिले मिलन चौपारी परिसरमा तीज गित गाउने र नाँच्ने प्रतिस्पर्धा अहिले पनि झलझली आएको स्मरण गर्दै छापाहिलेको कला संस्कृति संरक्षणसंगै भेटघाट तथा सद्भाव अभिबृद्धिका लागि पनि तीज मिलन कार्यक्रम गरिएको जानकारी गराए ।

संस्थाका अध्यक्ष केशब भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा छापाहिलेबाट निर्वाचित जनप्रतिनिधि हरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

सल्लाहकार कृष्ण कार्कीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम पुर्बअध्यक्ष प्रकाश कार्की अतिथिहरु रेशम गिरी, अशोक महतारा, अर्जैसमाजका बरिष्ठ उपाध्यक्ष रेशमचन्द्र भण्डारी, सचिब ओम प्रसाद अर्याल, सहसचिब रामचन्द्र अर्याल, समाजसेवी देबेन्द्र गिरी लगायतको उपस्तिथिमा कार्याबाहक सचिव सागर कार्कीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको समाजले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया