गुल्मीमा सडेको अवस्थामा बेवारिसे शव फेला



Live Gulmi


गुल्मी । गुल्मीमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । जिल्लाकाे सत्यवती गाउँपालिका वडा नम्बर ४ काे लुम्दीखोलास्थित वडिगाड खोलाको किनारमा शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभाट चौंधरीले जानकारी दिए ।

उनका अनुसार, सडेको अवस्थामा शव फेला परेको हुँदा पहिचान गर्न समस्या भइरहेको छ । निजको शवलाई इलाका प्रहरी कार्यालय जोहाङ्गको टोलीले स्थलगत मुचुल्का तयार गरि पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाएको छ ।

Jeewan and Rajan Tailors

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । डिबी खड्का, गुल्मी

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया