तम्घासस्थान मन्दिरको १७ औं साधारण सभा सम्पन्न



अनिष पन्थी


अनिष पन्थी,गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ मा रहेको श्री तम्घासस्थान मन्दीर व्यवस्थापन समितिको १७ औं साधारण सभा सम्पन्न भएको छ।
साधारण सभामा मन्दीरको प्रगति विवरण पेस गरिएको हो।साधारण सभाको उद्घाटन रेसुङ्गा नगरपालिकाकि उपप्रमुख अमृता देवी कुँवर र स्थानीय १०३ बर्सिए सताब्दी पुरुष परसुराम पन्थीलेले गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाकि उपप्रमुख कुँवरले तम्घासस्थान मन्दीरको छुट्टै खालको अस्तित्व रहेको बताएकि छन। कार्यक्रममा मन्दीर व्यवस्थापन समितिका कोषाध्यक्ष भुमिलाल गैरेले आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा मन्दिर पुनः निर्माणको क्रममा विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो।जसमा प्राबिधिक कार्यमा सहयोग गर्ने रेसुङ्गा नगरपालिकाका सब इन्जिनियर चक्र केसिलाई सम्मान गरिएको थियो यस्तै मन्दीर निर्माणमा अहोरात्र खटिएका स्थानीय लालबहादुर चुदारा र रेमलाल चुदारालाई पनि सम्मान गरिएको थियो।

मन्दिर क्षेत्र वरिपरि स्थायी बसोबास गर्ने सहस्स्र चन्द्रदर्शन गरेका बिभिन्न व्यक्तिलाई समेत सम्मान गरिएको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष चुरामणी पाण्डेले जानकारी दिए। यो मन्दीरको पुरानो सरचना भत्काएर नयाँ समरचनाबाट निर्माण गरिएको पाण्डेले जानकारी दिए।

यस मन्दीरमा हालसम्म ४० बिशिस्ट सदस्य ,४ सय ५४ आजिवन सदस्य गरि जम्मा ४ सय ९४ सदस्य रहेको मन्दिर व्यवस्थापनका सचीव नारायणप्रसाद आचार्यले जानकारी दिए।
मन्दिर निर्माण गर्ने क्रममा पुर्व र उत्तरतर्फ वाल निर्माण गरिएको ,मन्दिर भित्र ढुङ्गा बिछाउने र टायल छाप्ने कार्य भएको,गजुर राख्ने काम समपन्न लगायतका काम भएको सचिव आचार्यले जानकारी दिए।

यस मन्दिरमा आज श्रीकृष्ण जन्माष्टमिको अवसरमा बिहानै देखि पुजाआर्जा भइरहेको थियो भने बिहानदेखि नै भक्तजनको घुइँचो रहेको थियो।
यहाँबाट बिवाहा गरेर लिएर जादा वा बेहुली ल्याउदा धार्मिक परम्परा अनुसार अनिवार्य बलि दिनुपर्ने चलन यस मन्दिरको महत्त्वपूर्ण बिशेषता रहेको छ भने मागेको र आटेको काम समेत पुग्ने बिश्वास रहेको यहाँका स्थानीय बताउछन।

( Jeevan rajan

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया