इस्मामा अपाङ्गता भएकाको नि:शुल्क स्वास्थ परिक्षण र परिचयपत्र वितरण सुरु



Live Gulmi


सुमन महतारा, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा अपाङ्गता भएकाको नि:शुल्क स्वास्थ परिक्षण र परिचयपत्र वितरण सुरु गरिएको छ । गाउँपालिकाकाे वडा नम्बर १ हस्तिचाैरबाट शिविर सुरु गरिएको हो ।

शुभारम्भ शिविरमा गाउँपालिकाले नयाँ अपाङ्गताहरुकाे पहिचान गर्ने र अपाङ्गताहरुकाे नि:शुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको गाउँपालिकाकाे दाेहाेली स्वास्थ्य चाैकीमा कार्यरत डा. बीपीन भण्डारीले बताए । उनले वास्तविक अपाङ्गताहरु भन्दा पनि अपाङ्गता नै नभएको ब्यक्तिलाई अपाङ्गता परिचयपत्र दिएको भन्दै दु:ख व्याक्त गरे । उनले वास्तविक कस्तो प्रकारको व्याक्ति अपाङ्गता हुन्छ र कुन प्रकृतिको व्याक्तिलाइ अपाङ्गता भएको भन्न मिल्छ त्यसलाई समेत प्राथमिकता नदिएको बताए ।

Jeewan and Rajan Tailors

त्यस्तै परिचयपत्र वितरण कार्यक्रममा उपस्थित आशा अपाङ्ग केन्द्र गुल्मीकी कार्यालय प्रमुख गंगा रायमाझीले वास्तविक अपाङ्गताले अपाङ्गता परिचयपत्र पाउनुपर्ने र अपाङ्गता नै नभएको व्याक्तिलाइ अपाङ्गता परिचयपत्र दिन नहुने बताइन् । त्यस्तै कार्यक्रममा उपस्थित गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले वास्तविक अपाङ्गताहरु पहिचान गरेर अपाङ्गता परिचयपत्र वितरण गर्न शिविर शुभारम्भ गरेको बताइन् । उनले वास्तविक अपाङ्गहरुलाई परिचयपत्र लिन नछुटाउने र पहुँचकाे आधारमा परिचयपत्र लिन खाेज्नेलाई नदिने साथै यस कार्यक्रममा सबैको सक्रिय सहभागीताका लागि अनुरोध समेत गरिन् ।

The Star Family Restaurant

त्यस्तै गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले गाउँपालिका सबै बर्ग, क्षेत्र र लिङ्गकाे साथमा भएको र अपाङ्गतालाई पनि सपाङ्ग जस्तो गरि विभिन्न कार्यक्रमहरुले सम्बाेधन गर्ने बताए । उनले गाउँपालिकाले अहिले अपाङ्गताहरुकाे पहिचान र अपाङ्गताहरुकाे नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ गरेको बताए । अध्यक्ष खड्काले यसमा सबैकाे सक्रिय सहभागीताका लागि इस्मा बासीलाई अनुरोध समेत गरेका छन् । शिविरको पहिलो दिनमा चार जना अपाङ्गतालाई अपाङ्गता परिचयपत्र दिइएको छ । एक जनालाइ (क) वर्गको र तीन जनालाई (ख) वर्गको परिचयपत्र वितरण गरिएको हाे । गाउँपालिकामा हाल एक सय ७५ जना (ख) वर्गका अपाङ्गता र ७८ जना (क) वर्गका अपाङ्गता रहेका छन् । गाउँपालिकाले (क) वर्गका अपाङ्गतलाई मासिक तीन हजार नाै सय ९० रुपैयाँ र (ख) वर्गका अपाङ्गतालाई मासिक दुई हजार एक सय २८ रुपैयाँ वितरण गर्दै आएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया