गुल्मीमा चट्याङ लागेर एक पुरुषको मृत्यु



सन्तोष महतारा


गुल्मी । गुल्मीमा चट्याङ लागेर एक पुरुषको मृत्युु भएको छ । जिल्लाकाे मालिका गाउँपालिका-२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती राेकाकाे चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक किरण सापकोटाले जानकारी दिए ।

उनका अनुसार, शनिबार साँझ साढे ७ बजेको समयमा चट्याङ लागेर हीराबहादुर घाइते भएका थिए । उनको नजिकैकाे स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि बेहोस अवस्थामा रहेकोले थप उपचारको लागि गुल्मी सदरमुकाम स्थित गुल्मी अस्पतालमा ल्याइएको थियो ।

Jeewan and Rajan Tailors

गुल्मी अस्पतालले शनिबार राति हीराबहादुरकाे मृत्यु भएको घोषणा गरेको थियो । मृतकको शव अहिले गुल्मी अस्पतालमा पाेष्टमार्टम हुँदैछ ।

The Star Family Restaurant

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया