गुल्मीमा आमाको काजकिरिया गर्दै २० वर्षीया छाेरी



Live Gulmi


गुल्मी । गत भदौ २ गते मालिका गाउँपालिका-७ घमिरकी वाटुला रोकाहा मगर एक्कासि विरामी परिन् । उपचारको लागि उनलाई परिवारले गुल्मी अस्पताल लगे । अस्पतालले स्वास्थ्य अवस्था गम्भिर देखेपछी वाटुलालाई काठमाडौं स्थित टिचिङ्ग हस्पिटल रिफर गर्यो । चेकजाँच पछि वाटुलालाई जण्डिस देखियो । डाक्टरको सल्लाह र औषधी सेवनपछि उनको स्वास्थ्य केहि सुधार हुदैँ आएको थियो ।

वाटुलाकको परिवारमा श्रीमान र चार छोरी छन् । दई छोरीको विहे भईसकेको छ भने साइली र कान्छी छोरीले गाउँकै स्कुलमा पढ्दै आएका छन् ।डाक्टरले वाटुलाको स्वास्थ्यमा सुधार आएको बताएपनि उनको एक्कासी उपचारको क्रममै अस्पतालमा भदौ १३ गते मृत्यु भयो । वटुलाको पार्थिक शरिरलाई समाजसेवी सुर्य लम्सालको पहलमा घमिर काठमाडौं सरोकार समाज सहित परिवारले पशुपति आर्यघाट दाहसंस्कार गरे ।

Jeewan and Rajan Tailors

दाजुभाई र परिवारको सल्लाह अनुरुप उनको काजकिरिया गाउँमै गर्ने निर्णय गरियो । साइली छोरी कञ्चन पार्थिक शरिरलाई सदाको लागि छोडेर आमाको सम्झना र याद बाकेर गाउँ फर्किन् । समाजमा हिन्दु संस्कार अनुसार आमा बुबा र अन्य परिवारका सदस्यको मृत्यु भएमा छोरीले काजकिरिया गर्न हुदैँ भन्ने चलन छ । प्रायः आमा बुबाको मृत्युपछि छोराले नै काजकिरिया गर्छन् । तर गुल्मीको मालिका गाउँपालिका ०७ घमिरमा आमाको मृत्युपछि २० बर्षीय साईली छोरी कञ्चन रोकाहा मगरले आमाको काजकिरिया गरिरहेकी छिन् । घरमा आमाको किरिया गर्नका लागि छोरा नभएपछि छोरीले नै दागबत्ती दिएर काजकिरिया सुरु गरेकी हुन् । सानो उमेरमै आमा गुमाएकी कञ्चनको फोटो सामाजिक संजाल फेसबुकमा भाइरल छ । छोरीको आँट र साहसलाई सम्मान गर्दै प्रशंसा गरेका छन् ।

The Star Family Restaurant

छोरी कञ्चन भन्छिन् “समाजमा सन्तान विच देखिने विभेद चिरेर छोराछोरी बराबरको सन्देश दिदैँ आफ्नो कर्तव्य निभाएकी हुँ।” उनले भनिन्,“हाम्रो समाज अझै अन्धो छ आखाँ देखाउने काम हामीबाट सुरु हुनुपर्छ ।” उनले भनिन् ।

बुबा आमाको मृत्युपछि छोराले सबै गरेको त देखिरहेका छौं तर छोरीले आमाको दाहसंस्कार देखि काजकिरिया सकेको त गाउँकै पहिलो भएको मालिका गाउँपालिका ७ का वडाध्यक्ष हिरा कार्की बताउँछन् । वडाध्यक्ष कार्की भन्छन् हप्तादिनकै अन्तरालमा भएको घटनाले सिङ्गो गाउँनै शोकमा छ । छोरपनि परिस्थिती अनुसार जस्तोसुकै काममा काँध थाप्न सक्छन् भन्ने उदाहरण समेत पेश गरेकी छन् । मनाेज कार्की, गुल्मी

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया