गुल्मीमा ७० वर्षीया वृद्धा चार दिनदेखि सम्पर्कबिहिन



Live Gulmi


गुल्मी । गुल्मीमा ७० वर्षीया वृद्धा चार दिनदेखि सम्पर्कबिहिन भएकी छिन् । जिल्लाकाे इस्मा गाउँपालिका-५ की ७० वर्षीया ज्ञानुमाया बस्नेत सम्पर्कबिहिन भएकी हुन् ।

ज्ञानुमाया बस्नेत वास्तविक नाम भएकी ठुलाघरे कान्छी दिदि भनेर चिनिने बस्नेत साेमबार दिउँसोदेखि सम्पर्कबिहिन भएको आफन्तले बताएका छन् । विगत केही समयदेखि सामान्य बिरामी रहेकी बस्नेतकाे गुल्मीको सदरमुकाम तम्घासस्थित अस्पतालमा उपचार गरि घर लगिएको थियो । त्यसपछि एकपटक हराएर घर नजिकै जंगलमा फेला पारेर ल्याइएको थियो ।

Jeewan and Rajan Tailors

बेलायतमा रहेका सम्पर्कबिहिन बस्नेतका आफन्त अर्जुन बस्नेतले उनको खाेजीकार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् । सम्पर्कबिहिन बस्नेत भेटिएमा नजिकको प्रहरी कार्यालय वा ९८५४२००५७६ माेबाइल नम्बरमा सम्पर्क गरिदिन आफन्त अर्जुन बस्नेतले आग्रह गरे ।

The Star Family Restaurant

सम्पर्कबिहिन ज्ञानुमाया १७ वर्षअघि श्रीमान बेपत्ता भएपछि एक्लै बस्दै आएकी थिइन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया