माैसम खराबीले उडान रोकिएको रेसुङ्गा विमानस्थलमा शुक्रबारदेखि नियमित उडान



Live Gulmi


सुमन महतारा, गुल्मी : गुल्मीकाे रेसुङ्गा विमानस्थलमा माैसम खरावका कारण नियमित सञ्चालन हुन नसकेको उडान भाेलि शुक्रबारदेखि नियमित हुने भएको छ ।

नेपाल एयरलाइन्सले काठमाडौं- रेसुङ्गा र रेसुङ्गा-काठमाडौं उडानको लागि टिकट खुल्ला गरिसकेको छ । काठमाडौं सिमिचाैंरका लागि छ हजार पाँच सय र सिमिचाैंर काठमाडौंका लागि छ हजार तीन सय रुपैयाँ नेपाल एयरलाइन्सले भाडादर कायम गरेको छ । माैंरसम खरावका कारण पटक पटक उडान भएको र बीच बाटाेबाटै काठमाडौं फर्किएका कारण केही समय एयरलाइन्सले उडान स्थगन गरेको थियो । एयरलाइन्सले टिकट बुक गर्नकाे लागि वेबसाइटमा र काउन्टरमा टिकट खुला गरिसकेको छ ।

Jeewan and Rajan Tailors

रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६: ३० बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७: ४५ बजे उडान गर्ने समय तालिका रहेको छ । रेसुङ्गा विमानस्थलमा बिहानी समय मात्रै उडानको लागि उपयुक्त छ । दिउँसाेमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्दछ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया