सम्पर्कबिहिन दुई बालिका तम्घासमा भेटिए



Live Gulmi


गुल्मी । गुल्मीबाट शनिबार रातिदेखि सम्पर्कबिहिन भएका दुई बालिका जिल्लाको सदरमुकाम तम्घासमा भेटिएका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ का १४ र १५ वर्षीया दुई बालिका हराएका थिए ।

हराएका मध्ये शोभाना घिमिरेकी छोरी १४ वर्षीया पुष्पा घिमिरे गुल्मीको सदरमुकाम तम्घासको बसपार्कस्थित एक होटलमा भेटिएकी थिइन् । उनीसँगै हराएकी सोही स्थानकी तारा घिमिरेकी छोरी १५ वर्षीया जुना घिमिरे मंगलबार बिहान फेला परेकी हुन् ।

Jeewan and Rajan Tailors

२१ गते बिहान घरमा नभएपछि उनीहरुका ठुलोबुबा चित्र बहादुर महताराले १४ र १५ वर्षीया दुई बालिका हराएको र खोजतलास तथा हुलिया परिपत्र गरी पाउँ भनि निवेदन आएपछि खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको थियो ।

The Star Family Restaurant

प्रहरीका अनुसार, हराएका मध्ये पुष्पा बसपार्कस्थित एक होटल र जुना पुष्पासँगको फाेन सम्पर्कमा तम्घासमै भेटिएको जुनाकी आमा तारा घिमिरेले जानकारी दिइन् ।

हराएका उनीहरु २१ गते साँझ तम्घासस्थित बसपार्कको एक होटलमा बसेका थिए । बिहान आफुहरुलाई खोज्दै आएको जानकारी आएपछि पुष्पा सम्पर्कमा आएकी थिइन् भने जुना भागेकी थिइन् । २३ गते बिहान जुना पनि सम्पर्कमा आएकी हुन् ।

जिल्ला प्रहरी गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले भेटिएका बालिकाहरु कोही कसैमार्फत पीडित भएकोमा पाइएमा थप अनुसन्धान गरिने बताए । आफ्नै खुसीले भागेर हिडेको भएमा सम्झाई बुझाई गरेर पठाउने तयारी भएको प्रहरी प्रमुख प्रधानले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया