कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी



Live Gulmi


राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ ।

बोर्डले गत वैशाख-जेठमा लिएको परीक्षामा देशभरका ४ लाख ६७ हजार ३ सय विद्यार्थी सहभागी थिए । नतिजा प्रकाशनका लागि विद्यार्थीको उत्तरपुस्तिका परीक्षण र संपरीक्षणको काम सकेर अहिले रुजु र कम्प्युटरमा इन्ट्रि गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।

Jeewan and Rajan Tailors

साउनको अन्तिमसम्ममा नतिजा प्रकाशन गर्ने तयारी रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । अघिल्लो वर्षको १२ कक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन ग्रेडेड अर्थात् फेल भएका थिए ।

The Star Family Restaurant

यस पटकको नतिजामा केही सुधार हुनसक्ने बोर्डले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया