गुल्मीमा बिद्यार्थीहरुको लागि सेयर बजार सम्बन्धि अभिमुखिकरण



अनिष पन्थी


अनिष पन्थी,गुल्मी । सेयर बजारको बारेमा धेरै पहिले देखि सुन्दै आएपनी पछिल्लो क्रम भने सेयर बजारले धेरै चर्चा पाउन थालेको छ।

कसैले भने पैसा सेयरमा लगानी गर्न चाहेको खण्डमा ज्ञान नभएकै कारण पछि परेको देख्न सकिन्छ । यस्ता धेरै उदाहरण गुल्मीमा पनि देखेको पाइन्छ ।पैसा छ सेयरमा लगानी गर्नि मन छ तर ज्ञान नभएकै कारण पछि हटेको बिद्यार्थी समेत गुनासो गर्छन बिद्यार्थीको माग धेरै हुन थालेपछि  गुल्मीको रेसुङ्गा क्याम्पसले यो कार्यक्रम आयोजना गरेको छ।
यी र यस्ता समस्याहरुलाइ मध्यनजर गर्दै र बिद्यार्थीलाई पढदै कमाउने र आम्दानी सङ्ग जोडने उदेश्यले गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता सहित सेयर बजार सम्बन्धि अभिमुखी कार्यक्रम समपन्न गरिएको छ।
सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरि क्याम्पसमा गठित स्वतन्त्र बिद्यार्थी युनियनको आयोजना एवं ग्लोबल बैंक लिमिटेड तम्घास शाखाको सह आयोजनामा बिद्यार्थीलाई वित्तीय साक्षरता सहित सेयर बजारको बारेमा जानकारी गराइएको हो।
ग्लोबल बैंक तम्घास शाखाको कर्जा शाखामा कार्यरत आन्न्द गैरे र राष्ट्रिय बाणिज्य बैंक गुल्मी शाखाको कर्जा बिभागमा कार्यरत मदन भण्डारीले सेयर बजार सम्बन्धि अभिमुखी दिएका थिए।  सेयर खुलेको कसरी थाहा पाउने त भन्ने बिद्यार्थीको प्रश्नमा गैरेले सहज ढङ्गले उत्तर दिदै हामिले प्रयोग गरिने सामाजिक सन्जालबाट सेयर बजार सम्बन्ध पेजहरु लाइक गरेर र वेबसाईटको माध्यमबाट थाहा पाउने जानकारी गराए।

Jeewan and Rajan Tailors

खुसी छन बिद्यार्थी

The Star Family Restaurant

स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गरेको र ग्लोबल बैंकले सह आयोजना गरेको यो वित्तिय साक्षरता सम्बन्धि कार्यक्रममा अन्य कार्यक्रमको तुलनामा धेरै बिद्यार्थी उपस्थित भएको पाइन्थ्यो। नबुझेकै कारण लगानी गर्न पछि हटेको बताउँदै बिद्यार्थी उत्साहका साथ कार्यक्रममा सहभागी थिए।
सेयर बजारको बारेमा ज्ञान नभएकै कारण पछि हटनु पर्ने बाध्यता थियो तर अहिले केही कुरा बुझेको स्नातक तह दोस्रो बर्षमा अध्यनरत बिद्यार्थी सुदिप खत्री बताउँछन। अझै यी र यस्ता कार्यक्रम स्वतन्त्र बिद्यार्थी युनियनले समयसमयमा गर्नुपर्ने स्नातक तह प्रथम बर्षमा अध्यनरत बिद्यार्थी सुशीला केसिले बताइन।

प्राध्यापकहरुले पनि लिए अभिमुखिकरण

सेयर बजारको सम्बन्धमा विद्यार्थी मात्र हैन प्राध्यापकहरु पनि यसको बारेमा नबुझेकै कारण पछि हटेको बुझिन्छ।
अगाडि बाणिज्य बैंकमा कार्यरत मदन भण्डारीले सेयर बजारको बारेमा जानकारी दिदै गर्दा बिच बिचमा प्राध्यापकले पनि प्रश्न उठाएको पाइन्थ्यो। केही कुरा बुझेको भएपनि धेरै कुरा यस कार्यक्रमबाट प्रष्ट भएको प्राध्यापकहरु बताउँछन। सेयर बजार सम्बन्धि जानकारि सबैलाई हुन जरुरी रहेको र आम्दानी एउटा मुख्य पाटो समेत रहेको एक प्राध्यापकले बताए।

पहिला पहिला सेयर बजार  धनिको लागि मात्र भएको सबैले लगानी गर्न सक्नी अवस्था नभएको तर अहिले सबैका लागि सहज बन्दै गएको ग्लोबल बैंक तम्घास शाखाका प्रमुख योगेन्द्र रायमाझीले बताए। आफू बिद्यार्थी कालबाट नै सेयरमा लगानी गर्न थालेको अनुभव सुनाउँदै गर्न खोजे जे पनि सम्भावना भएको जिकिर गरे।
हाम्रो जिवन सहज बनाउन बचत अनिवार्य भएको क्याम्पस प्रमुख हरि बहादुर खत्रीले बताए।बचतको माध्यमबाट धेरै आवश्यकता पुरा गर्न सकिने क्याम्पस प्रमुख खत्री बताउछन।

बिद्यार्थीको फाइदाको निमित्त विभिन्न कार्यक्रम गर्दै आइरहेको स्वतन्त्र बिद्यार्थी युनियनका अध्यक्ष पुनाराम घिमिरेले जानकारी दिए। बिद्यार्थीको माग अनुरुप अगाडि बढने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा यस्तै रचनात्मक र बिद्यार्थी हकहितका कार्यक्रम गर्ने अध्यक्ष घिमिरेले बताए।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया