गजल



Live Gulmi


लड्दै छु समयले घरिघरि चुनौती पठाएको छ,
जिन्दगीले जिन्दगी जिउने कला सिकाएको छ ।

बगरका पत्थरहरूलाई कति चोट लागे होला,
उसले अझै पत्थर हुनुको भूमिका निभाएको छ ।

Jeewan and Rajan Tailors

धेरै फरक हुदो रहेछ मान्छे मान्छे बिचमा पनि,
धनी र गरिबको भिन्नता पैसाले देखाएको छ ।

The Star Family Restaurant

जवानी लुट्यो तिमीलाई खुसि थपिदिन्छु भन्नेले,
विकल्प खोजेर मनले मनमा बार लगाएको छ ।

दुनियाँ रूहाउँन सक्छ लास जलेको कथाले,
म जलेको यथार्थले आफ्नालाई हँसाएको छ ।

✍️सम्झना गिरी

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया