मासु व्यवसायीलाई प्रोत्साहन स्वरुप आवश्यक सामाग्री वितरण



अनिष पन्थी


अनिष पन्थी,गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका भित्र रहेका मासु व्यवसायीलाई सामाग्री आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ।
रेसुङ्गा नगरपालिका गुल्मीले सोमबार एक कार्यक्रमका बिच नगरपालिका भित्रका १२ जना व्यवसायीको उपस्थितमा मासु व्यवसाय सन्चालन गर्दा आवश्यक पर्ने एप्रोन,गलब्स,दाउ लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

मासु व्यवसायीलाई प्रोत्साहन गर्न यो कार्यक्रम गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए।
मासु कस्तो बेच्नुपर्छ भन्ने कुरामा थाहा दिन र हरेक व्यवसायीलाई सफल बनाउने नगरपालिकाको उदेश्य रहेको प्रमुख पन्थीले बताए।

कार्यक्रममा बोल्दै नगरप्रमुख पन्थीले व्यवसायीलाई परिमार्जन गर्न जरुरि रहेको बताउँदै राम्रो र गुणस्तर मासु बेच्न सबै व्यवसायीलाई आग्रह समेत गरे।

नगरपालिकाले व्यवसायीलाई सामाग्री किनेर दिने कार्यबिधी रहेकोले सोही अनुरुप र मासु व्यवसायीको प्रोत्साहन स्वरुप सामग्री हस्तान्तरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख रुमाखर मरासिनीले जानकारी दिए।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया