प्रेस युनियनमा पाटिको हस्तक्षेप चल्दैन: अध्यक्ष लम्साल



Live Gulmi


अनिष पन्थी,गुल्मी । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियन पाटिको हस्तक्षेपले नचल्ने बताएका छन।
नेपाल प्रेस युनियन गुल्मीको नवौ जिल्ला अधिबेशन एवं १७ औं साधरण सभामा सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा गुल्मी आएका अध्यक्ष लम्सालले पाटिको सुबेच्छुक सस्था भएपनी पाटिप्रती सम्मान गर्दै हस्तक्षेप नचल्ने बताएका हुन ।

नेपाल प्रेस युनियन गुल्मीको सदस्य सङख्या र उपस्थितले आफुमा थप उर्जा मिलेको अध्यक्ष लम्सालले बताए।नेपाल प्रेस युनियनको स्थापना गर्ने नेतृत्व गण आज हामी माझ नभए पनि सम्झना सधै रहेको बताए।प्रेस युनियन नेपाली कांग्रेसको सुबेच्छुक सस्था भएपनी यस्को स्थापना पाटि कार्यालयमा नभएर बाहिर भएको बताउँदै पाटिको गलत कदम विरुद्ध कलम समेत चलाउन नछोडने बताएका छन।

Jeewan and Rajan Tailors

पत्रकार महासङको सुदृढीकरण अभियानमा साथ दिएर अगाडि बढेको बताउँदै अभियानको सुरुवात गर्ने पत्रकार महासङ गुल्मी शाखालाइ धन्यवाद समेत दिए। अध्यक्ष लम्सालले भने ” युनियन थप बलियो बन्दै गएको छ अब युनियनको सदस्य बनाउन र बढाउन पाटिलाइ आग्रह नगरी बिसुद्द लेख्ने पत्रकारको सस्था युनियन बनाउने हो यस्को निम्ति मेरो कार्यकाल विशेष रहनेछ”। प्रेस युनियन बलियो भए पत्रकार महासङ पनि बलियो हुने बताउदै महासंघ पनि युनियनमा जोडिन आउने बताए ।

युनियनको कार्यक्रममा विभिन्न शिर्षकमा ५ जना पत्रकारलाइ सम्मान गरिएको छ। जसमा भुवन भुषाल,सुमन महातारा ,सुरज कार्की, दिपा पन्थ ,पुरन राजकोटिलाइ सम्मान गरिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया