प्रेस युनियन गुल्मीको अधिवेशन भोलि हुँदै



Live Gulmi


अनिष पन्थी,श्रावण ३ । नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीको अधिवेशन भोलि हुँदै छ । भोलि सदरमुकाम तम्घासमा नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता अधिबेशन हुदै छ।

नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीले गर्न लागेको अधिवेशन नवौं र १७ औ साधरण सभा हो।नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, प्रदेश लेखा समिति सदस्य र सिङ्गो कार्यसमितिको बैठकले साउन ६ गते भव्यताका साथ अधिवेशन गर्ने निर्णय गरेको थियो तर ६ गते युनियन केन्द्रिय समितिको कार्यक्रम रहेको कारण पछि साउन ४ मा गर्ने निर्णय भएको थियो।
नेपाल प्रेस युनियनकाे नवौं अधिवेशनलाई विगतमा भन्दा ऐतिहासिक बनाएर अगाडि बढाउने गरि तयारी गरिएको जिल्ला कार्यसमितिका सभापति रेशम कुँवरले जानकारी दिए ।
अधिबेशनको तयारीमा आफुहरु निरन्तर लागेको प्रेस युनियन गुल्मीका सचिव रमेश बिश्वकर्माले जानकारी दिए।
प्रेस युनियन गुल्मीमा ६५ जना सदस्य रहेका छन ।युनियनको अध्यक्ष पदमा दावी गर्ने धेरै भएपनी अन्य पदमा भने अहिलेसम्म कसैले दाबी गरेको देखिदैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया