गुल्मीमा २० वर्ष पछि खाद्य संस्थान पुन:स्थापना हुँदै



Live Gulmi


गुल्मी । गुल्मीमा २० वर्ष अगाडि २०६० सालमा बन्द भएको नेपाल सरकारको साबिक खाद्य संस्थान पुन स्थापना हुने भएको छ ।

अहिले २० वर्षपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको शाखा पुनः स्थापना गर्न लागिएको
विभागीय प्रमुख भीम थापाले जानकारी दिए

Jeewan and Rajan Tailors

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको प्रधान कार्यालयसँग तम्घासमा शाखा कार्यालय पुनः स्थापना गर्नका लागि सम्झौता गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।
उनले यस जिल्लामा उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणको सुनिश्चितताका लागि कम्पनीको तम्घास शाखासहित सबै डिपोहरूबाट व्यवस्थापन हुने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सम्झौता गरी प्रक्रिया अगाडी बढाएको बताएका छन् ।

The Star Family Restaurant

शाखा कार्यालयको पुनः स्थापनासँगै गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सार, छत्रकोट गाउँपालिकाको दौघा, मदाने गाउँपालिकाको बाँझकटेरी र मालिका गाउँपालिकाको अर्खाबाङ्गमा समेत डिपो स्थापना गरी गुल्मीबासी आम नागरिकलाई सहज र सुलभ तरिकाले खाद्य सामाग्रीको आपूर्ति गरिने छ ।

उतिबेला संस्थानको खर्च बढि र यस जिल्लामा यातायातको सहजता नभएको हुँदा खाद्य संस्थान बन्द गरिएको थियो ।

सुमन महतारा गुल्मी

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया