गुल्मीमा जिप दुर्घटना चार घाइते



Live Gulmi


गुल्मी । गुल्मीमा जिप दुर्घटना भएको छ। तम्घास सिमलटारी सडक खण्डको रेसुङ्गा नगरपालिका ४ रैदिमा डबल क्याप जिप दुर्घटना हुदा जिपमा सवार ६ मध्य ४ जना घाइते भएका छन।

सदरमुकाम तम्घासबाट मदाने गाउँपालिका अग्लुङ तर्फ जादै गरेको लु १ च ८०२४ नम्बरको  डबल क्याप जिपको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

Jeewan and Rajan Tailors

घाइतेहरूको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू मध्ये प्युठान गौमुखी गाउँलिकाका – २२ वर्षीय यम बुढा, र प्युठान गौंमुखी गाउँपालिका-१ अर्खाका २१ वर्षीय नबिन बुढालाई पाल्पा रेफर गरिएको बताइएको छ । भने गुल्मीको मदाने गाउँपालिका-१ अग्लुङ्गका २१ वर्षीय लक्ष्मण जि.सि. सोही स्थानका २८ वर्षीय चन्द्र मगरको  गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

The Star Family Restaurant

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया