रेसुङ्गाको सौन्दर्यकरणका लागि पुष्प एवं बृक्ष रोपण



Live Gulmi


अनिष पन्थी,गुल्मी।गुल्मीको रेसुङ्गा नगरपालिकाले मंगलबार रेसुङ्गा गर्जुरा देखि रेसुङ्गा महापोखरी सम्म सडकको छेउ र विभिन्न स्थानमा बृक्ष एव पुष्परोपण गरेको छ। नगरको निति तथा कार्यक्रममा समावेश कार्यक्रम अन्तर्गत वृक्षरोपण तथा पुष्परोपण कार्यक्रमको शुभारम्ब गरिएको हो।

ऐतिहासिक धार्मिक तथा पर्यापर्यटकीय क्षेत्र रेसुङ्गाको सौन्दर्यकरण तथा प्रचार प्रसारको कार्यमा यसले थप टेवा पुर्याउने रेसुङ्गा नगरपालिकाले जानकारी दिएको छ।
लोपोन्मुख तथा आयुर्वेदिक गुण भएका विरुवाहरु टिमुर, सुगन्धकोकिला मलायगिरी , ज्याकाराण्डा र गुल्मोहर (निलो र रातो ) बिरुवा रोपण गर्ने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्व्ज पन्थीले जानकारी दिए।

Jeewan and Rajan Tailors

पुष्प एवं बृक्ष रोपण गर्दै रेसुङा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी

साथै अर्जुनडाँडामा हजारौं चाप र टिमुरका बिरुवा रोपणको कार्य छिट्टै गरिने पनि प्रमुख पन्थीले जानकारी दिए।
यो कार्यबाट यस क्षेत्रको पर्यापर्यटनमा टेवा पुग्नुको साथै वन क्षेत्रको जैविक विविधतालाई समेत बढाउने विश्वास लिएको पन्थीले बताए ।

बिरुवा हुर्केपछी बिस्तारै यहाँ यस्तै प्रकारको बिरुवाको दृश्य देख्न सकिनेछ

यस कार्यबाट जाउ हिड रेसुङ्गा अभियानमा पनि थप टेवा पुग्ने बिश्वास लिएको छ। जाउ हिड रेसुङ्गा अभियान सुरु भएपछि रेसुङ्गा भ्रमणमा जाने आन्तरिक एवं बाहय पर्यटकको सङ्ख्या बढेको पाइएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया