एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने



Live Gulmi


काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २६ र २७ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० गते आज (शनिबार) एक सूचना जारी गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो ।

बोर्ड अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’ भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित भएका विद्यार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

Jeewan and Rajan Tailors

विद्यार्थीले ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय इकाईमा पेस गर्नुपर्ने छ ।

The Star Family Restaurant

त्यस्तै, परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ ।

यसैगरी, एसईई परीक्षामा आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहने परीक्षार्थीले साउन ५ गतेसम्म निवेदन दिनुपर्ने पनि बोर्डले जनाएको छ ।

गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसईईको नतिजा असार २१ गते सार्वजनिक गरिएको थियो । जसमा २२ हजार ४७५ विद्यार्थीले ए प्लस ग्रेड ल्याएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया