प्रेस युनियन गुल्मीको अधिवेशन साउन ६ मा हुने



Live Gulmi


अनिष पन्थी,२३ असार । नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीको अधिवेशन आगामी साउनमा हुनेभएको छ । शनिबार बसेकाे जिल्ला कार्यसमिति गुल्मीको बैठकले आगामी साउन ६ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीले गर्न लागेको अधिवेशन नवौं हो । शनिबार नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, प्रदेश लेखा समिति सदस्य र सिङ्गो कार्यसमितिको बैठकले साउन ६ गते भव्यताका साथ अधिवेशन गर्दैछ । यद्यपि अधिवेशन गर्ने स्थान भने ताेकिएकाे छैन् । कार्यसमितिले पुनः केही दिनमै बैठक बसेर स्थान र आवश्यक व्यवस्थापनकाे निर्णय गर्ने जिल्ला कार्यसमितिका सचिव रमेश विश्वकर्माले जानकारी दिए ।

नेपाल प्रेस युनियनकाे नवौं अधिवेशनलाई विगतमा भन्दा ऐतिहासिक बनाएर अगाडि बढाउने गरि तयारी गरिएको जिल्ला कार्यसमितिका सभापति रेशम कुँवरले जानकारी दिए । अधिवेशन सम्बन्धमा कार्यसमितिकाे बैठक पुनः छिट्टै बस्ने पनि सभापति कुँवरले जानकारी दिएका छन् ।

आगामी अधिवेशनमा सभापति पदका उम्मेदवारकाे रुपमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश प्रतिनिधि सुमन महतारा, लुम्बिनी प्रदेश लेखा समिति सदस्य प्रकाश घिमिरे र जिल्ला कार्यसमिति सचिव रमेश विश्वकर्माकाे चर्चा छ । तर, औपचारिक रुपमा भने कसैले घाेषणा गरेका छैनन् ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया