गुल्मीदरबारको वार्षिक गतिविधि सार्वजनिक



Live Gulmi


गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले जनप्रतिनिधिको एक वर्षे कार्य प्रगति पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाले सभाहलमा पत्रकार सम्मेलन गरेर एक वर्षका सम्पूर्ण गतिविधिहरु सार्वजनिक गरेको हो ।

गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले आफूहरू निर्वाचित भइसकेपछि एक वर्षसम्म गरेका गतिविधि प्रस्तुतीकरण मार्फत जानकारी गराउनुभयो ।

Jeewan and Rajan Tailors

उहाँका अनुसार  चौमासिक कर्मचारी मूल्यांकन, मासिक ई–बुलेटिन प्रकाशन, पहिचानसहितको लोगो निर्माण, सूचनाको हकका लागि स्वतः प्रकाशन, गुल्मीदरबार दर्पण नामक पुस्तक र भिडियो डकुमेन्ट्री निर्माण, गुल्मीदरबार नामक गित, भूमि बैंकको स्थापना, सहायता कक्षको स्थापना, १० सूचकमा कर्मचारीको मूल्यांकन, आन्तारिक आम्दानीको वृद्धि, गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालयमा ई–हाजिरीको व्यवस्था, बिजुली नहुँदा सोलारको व्यवस्था, अनलाइन राजस्व प्रणालीको सुरुवात, कस्तो छ आमा कार्यक्रम, कृषकसँग गाउँपालिका कार्यक्रम, वडाबाट योजना सम्झौता, योजनासम्बन्धी विस्तृत विवरण लेखिएको पुस्तिकाको व्यवस्था, अपांग परिचयपत्र वितरण, अनलाइन माध्यमबाट घटना दर्ता, सामाजिक सञ्जाल र वेभसाइटमार्फत सूचना प्रवाह गरिरहेको छ ।

The Star Family Restaurant

गाउँपालिकाका महत्वपूर्ण सूचना र कार्यक्रम प्रत्येकको मोबाइलमा म्यासेज जाने व्यवस्था, सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण र  हाम्रो गुल्मीदरबार नामक पुस्तक कक्षा १ मा लागू गरिएको छ । त्यसैगरी विपद् व्यवस्थापन गर्न आवश्यक औजार खरिद, जनतासँग रेडियो कार्यक्रम संचालन, शुद्ध पिउने पानीको व्यवस्था, रणनैतिक योजनाहरू संचालन, वडामा अनलाइन अनुगमन,  कृषिसम्बन्धी तालिम, कृषि गणना, विद्यार्थीसँग गाउँपालिका कार्यक्रम संचालन, खेलाडीसँग गाउँपालिका कार्यक्रम संचालन, सबै वडामा मेलमिलाप केन्द्र स्थापना, नियमित बजार अनुगमन, चौमासिक र वार्षिक समीक्षा, सार्वजनिक सुनुवाइ कार्यक्रम र कर्मचारी आचारणको मूल्यांकन लगायतका काम गाउँपालिकाबाट भएका छन् ।

नेपाल सरकारले सुरु गरेको ‘एक पालिका : एक अस्पताल’ कार्यक्रम अन्तर्गत गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणको अन्तिम चरणमा रहेको छ । जसको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

स्वास्थ्य सेवा प्रवाह अन्तर्गत न्यूनतम सेवा मापदण्ड अन्तर्गत सबै स्वास्थ्य चौकीको सुशासन, व्यवस्थापन, क्लिनिक व्यवस्थापन, पोषण कार्यक्रम, भिटामिन कार्यक्रम, मातृ तथा नवजात शिशु कार्यक्रम लगायतका कार्यक्रम संचालन गरिएको छ । निःशुल्क एम्बुलेन्स सेवा, विपन्नलाई निःशुल्क विजुली लगायतका कामहरु पनि गाउँपालिकाले गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भएको र विगतका भन्दा धेरै उपलब्धिमुलक काम भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया