यात्रुको सहजताकाे लागि रेसुंगा विमानस्थलमा थप व्यवस्थापन



Live Gulmi


गुल्मी । यात्रुकाे सहजताकाे रेसुङ्गा विमानस्थलमा रेसुङ्गा नगरपालिकाले थप व्यवस्थापन गरेको छ । गत शुक्रबारदेखि नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान थालेपछि नगरपालिकाले विमानस्थलमा यात्रुको सहजताको लाथि थप व्यवस्थापन गरेको हो ।

बिहिबार रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आफै विमानस्थलमा पुगेर सम्भावित जोखिमको न्यूनीकरण र यात्रुहरुको सहजताको लागि व्यवस्थापन गरेको बताए । यसअघि विमानस्थलमा नियमित उडान सुरु भएपनि विमानस्थलको व्यवस्थापन भने बाँकी रहेको थियो ।

Jeewan and Rajan Tailors

एयर कन्ट्रोलरको लागि आवश्यक व्यस्थापन, यात्रुको लागि प्रतिक्षालयको सहज व्यवस्थापन, शौचालयको व्यवस्थापन, यात्रु प्रस्थान र बहिर्गमनको लागि सहज व्यवस्थापन गरिएको छ ।

The Star Family Restaurant

सम्भावित जोखिम न्यूनीकरणको लागि दमकल र एम्बुलेन्सको व्यवस्थापन लगायतका विभिन्न व्यवस्थापन विमानस्थलमा रेसुङ्गा नगरपालिकाले गरेको हो ।

गुल्मीबाट हवाई सेवा सुरु भइरहँदा पहिलो चरणमै यात्रुको निकै चाप बढेको छ । १८ सिटे क्षमताको जहाज भएपनि यहाँबाट ६० देखि ७० जना सम्मका यात्रुले सिटको माग गरेको रेसुङ्गा नगरपालिकाले जनाएको छ । यहाँबाट अर्को शुक्रबार सम्म पनि आउने जाने यात्रुका लागि टिकट बुकिङ्क गरिसकेका छन् ।

रेसुङ्गा नगरपालिकाले विमानस्थलको व्यवस्थापन र यात्रुको चाप बढेपनि हप्तामा दुई दिन उडानको लागि आग्रह गरेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । रेसुङ्गा विमानस्थलमा नियमित उडानको लागि रेसुंगा विमानस्थलले विमानस्थल व्यवस्थापन गरेको छ ।

यसै सन्दर्भमा विमानस्थलकाे व्यवस्थापन सम्बन्धि रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीसँग गरिएको कुराकानी : https://youtu.be/Z8MIShkEyuc

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया