सुमन महतारा, गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २ काे दर्लिङमा रहेको नेटादर्लिङ माध्यामिक बिद्यालयमा एक लाख पचास हजारकाे अक्षयकोषकाे स्थापना भएको छ । बिद्यालयकाे ६३ औं वार्षिकोत्सबकाे अवसरमा बिद्यालयमा कार्यरत एउटै घरपरिवारका शिक्षक र निजामती सेवामा कार्यरत घरपरिवारका सदस्यले साेहि काेषकाे स्थापना गरिएको बिद्यालयका प्र:अ यमलाल अर्यालले बताए ।
आमा भुमिकला अर्याल र स्वा.बुवा भिमलाल अर्यालकाे नाममा उक्त अक्षयकोष स्थापना गरिएको हाे । एउटै घर परिवारका ४ छाेरा र तीन बुहारीले स्वा. बुबा र आमाको नाममा अक्षयकोष निर्माण गरिएकाे शिक्षक युवराज अर्यालले बताए । उनले भने ` हामी एउटै परिबारका ५ जना यहि बिद्यालयमा कार्यरत थियाैं भाइ बालुराम अर्याल अध्यापन गराउँदैन्न अहिले हामी ४ जना छाैं ´ निजामती सेवामा कार्यरत कान्छा भाइ बुहारी पनि यश अक्षकाेष निर्माणमा संगै छन ।
हामीले निर्माण गरेको अक्षयकोषबाट बिपन्न परिवारकाे बिद्यार्थी जेहेन्दार मिहिनेती र लगनशील बिद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँने उनै शिक्षक युवराज अर्याल बताउँछन् ।
छाेराहरु युवराज अर्याल,बालुराम अर्याल र र बुहारिहरु दुर्गा अर्याल ,सीता अर्याल एउटै बिद्यालयमा कार्यरत छन । माइला दाजु बालुराम अर्याल सेवा निवृत्त भएपछि अहिले एउटै घरपरिवारका ४ जना शिक्षक साेहि बिद्यालयमा कार्यरत छन् । त्यस्तै निजामती सेवामार्फत नागरिकको सेवामा रहेका लाेकनाथ पनि बिद्यालयले बार्षिक उत्सवमा सहभागी हुदै अक्षयकोष निर्माणमा संगै रहेका हुन । उक्त अवसरमा बिधालयले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बिद्यार्थी चम्चा दाैंड,बेलुनफाेर महिला अविभावक कुर्सी दाैंड पुरुष अभिभावक घैटाेफाेर लगाएत कार्यक्रमहरु सम्पन्न भएका हुन ।