गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा एकाइ दिन १५ जना स्थायी शिक्षक पदस्थापना भएका छन । प्राथमिक तह तृतीय श्रेणी परिक्षा उत्तीर्ण गरेका शिक्षकहरु एकैपटक गाउँपालिकामा सिफारिस भएका हुन ।
एकैदिन पदस्थापना भएका सम्पूर्ण शिक्षकहरूलाई गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बधाई दिए । उनले जुन जाेस जाँगर र क्षमताले स्थायी नियुक्त लिन सफल हुनु भएको छ साेहि उर्जा यहाँका बिद्यालयमा पठनपाठनमा पनि लागू गरि क्षमतावान बिद्यार्थी उत्पादन गर्ने कुरामा आशावादि भएको बताए ।
गाउँपालिकामा सिफारिस भएका १५ जना शिक्षक मध्य १० जना महिला शिक्षक र ५ जना पुरुष शिक्षक छन ।
साेही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुवँरले इस्मा गाउँपालिकामा सिफारिस हुने सम्पुर्ण शिक्षकलाई बधाई दिइन् ।
उनले विद्यालयमा अध्यान गराउने कुरामा र क्षमतावान् बिद्यार्थी उत्पादन गर्ने बिषयमा कुनै पनि सम्झौता नगरि सबै शिक्षक लाग्न आग्रह गरेकि छन् ।
उनले शिक्षकले अध्याराे भुमरीबाट विद्यार्थीलाई उज्यालो ज्याेति छर्ने भएकाले सधैं उज्यालो ज्याेति छर्ने कुरामा विश्वस्त भएको बताएकी छिन् ।