इस्मामा मदिरा सेवन निरुत्साहित गर्न विद्यार्थीलाई छात्रवृत्ति



Live Gulmi


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले मदिरा सेवन निरुत्साहित गर्न विद्यार्थीलाई प्राेत्साहन गर्ने भएको छ । गाउँपालिकाले मदिरा सेवन नगर्ने दलित र जनजाति परिवारका बिद्यार्थीलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति दिने निर्णय गरेको हो ।

गाउँपालिकाकाे वार्षिक नीति तथा कार्यक्रम बमोजिम बिद्यार्थीलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति उपलब्ध गराउन थालिएको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले जानकारी दिए । गाउँपालिकाले गाउँपालिका भित्र स्थायी वसोवास गरि गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा अध्ययन गरिरहेका वालवालिकाहरुलाई पठनपाठन गराइरहेका एउटै परिवारका सदस्यले मदिरा सेवन नगर्ने भएमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । यसमा दलित र जनजाति  परिवारका सदस्य हुनुपर्ने छ । यसले गर्दा मदिरा सेवन नियन्त्रण हुने विद्यार्थीलाई अध्ययनमा प्राेत्साहन मिल्ने गाउँपालिकाकाे अपेक्षा छ । विद्यार्थीले छात्रवृत्तिसँगै शैक्षिक सामग्री पनि प्राप्त गर्नेछन् ।

Jeewan and Rajan Tailors

त्यस्तै गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले समाजमा मदिरा सेवनले गर्दा झैँझगडा हुने र बिद्यार्थीकाे मनस्थितिमा असर पर्ने भएकाले शान्त र भएरहित बाताबरणमा बिद्यार्थीलाई पढ्ने बाताबरण सिर्जना गर्नका लागि मदिरा सेवन नगर्ने घरपरिवारका बिद्यार्थीलाई शैक्षिक सामाग्री दिने निर्णय गरिएकाे बताइन् ।

The Star Family Restaurant

गाउँपालिकाले तोकिएको आधार पुरा गरेका विद्यार्थीहरुले अध्ययनरत रहेको सम्बन्धित शैक्षिक संस्थामा आवेदन दिने र संकलित आवेदनहरु सम्बन्धित शैक्षिक संस्थाले आवेदन दिने म्याद समाप्त भएको मितिले ३ दिनभित्र सम्बन्धित वडा कार्यालयमा पेश गर्ने छन् ।

कार्यविधिमा व्यवस्था भएबमोजिमको वडास्तरीय उपसमितिबाट प्रोत्साहन प्राप्त गर्न योग्य विद्यार्थीहरुलाई वडामा आवेदन पेश भएको मितिले ७ दिनभित्र सिफारिस भएका विद्यार्थीहरुको आवेदन सहितका कागजातहरु इस्मा गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले साेमबार सुचना जारी गरेर सबैलाई जानकारी गराएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया