विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना



Live Gulmi


गुल्मी । गुल्मीको एक विद्यालयमा नगद रु दुई लाखको अक्षय कोष स्थापना गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–८ मर्भुङमा रहेको थानपती आधारभूत विद्यालयमा नगद रु दुई लाखको अक्षय कोष स्थापना भएको हो ।

स्थानीय सिर्जना खड्काले उहाँका स्वर्गीय सासु, ससुरा र श्रीमानको सम्झनामा अक्षय कोष स्थापना गरेको विद्यालयका शिक्षक राजु पौडेलले जानकारी दिनुभयो । सिर्जनाले रु दुई लाखको ‘प्रेम उमा कृष्ण खड्का स्मृति’ नामक अक्षय कोषको स्थापना गर्नुभएको हो । हाल कृषि विकास बैंक तम्घासमा कार्यरत सिर्जनाले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्यापनमा कोषको ब्याजले सहयोग पुराउने भनेर अक्षयकोष स्थापना गर्नुभएको हो ।

Jeewan and Rajan Tailors

सिर्जनाले श्रीमान् भारतीय सेनामा कार्यरत रहँदा लडाइँमा परेर मृत्यु भएपछि उहाँको सम्झनामा सहयोग गर्दै आउनुभएको छ । अक्षय कोषको स्थापनाले विद्यालयलाई थप राहत मिलेको प्राधानाध्यापक कुल प्रसाद अर्यालले जानकारी दिनुभयो ।

The Star Family Restaurant

विद्यालयको ६४ औं वार्षिकोत्सब अवसरमा अक्षय कोषको स्थापनाका लागि आर्थिक सहयोग गर्नुभएको हो । मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले स्थानीय सहयोगले विद्यालयलाई आर्थिक रुपमा सबल बनाउन सकिने भन्दै सिर्जनाको प्रशंसा गर्नुभयो । सिर्जनाले मर्भुङमा स्वर्गीय सासु, ससुरा र श्रीमान्को सम्झनामा प्रतिक्षालय र पोखरी पनि निर्माण गरेको स्थानीय डिबी खड्काले जानकारी दिनुभयो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया