धुर्काेटकाे अध्यक्षमा गठबन्धनबाट काँग्रेसका महेन्द्र भण्डारी उमेदवार बनेका छन् । गुल्मीकाे धुर्काेट गाउँपालिकाकाे अध्यक्षका लागि सत्तारूढ गठबन्धनबाट नेपाली काँग्रेसका नेता महेन्द्र भण्डारी उमेदवार बनेका हुन् ।
गाउँपालिका अध्यक्षका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आ-आफ्नै अडान लिएपछि निर्णयकाे लागि लुम्बिनी प्रदेश गठबन्धन संयन्त्रलाई अधिकार दिइएको थियो । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले धुर्काेट गाउँपालिकामा सत्तारूढ गठबन्धनकाे तर्फबाट काँग्रेसले अध्यक्ष पाएकाे बताए । काँग्रेसकाे तर्फबाट सर्वसम्मत उमेदवार बनेका भण्डारी गठबन्धनकाे साझा उमेदवार बनेको श्रेष्ठले बताए ।
धुर्काेट गाउँपालिकाकाे अध्यक्ष नपाएको नेकपा माओवादी केन्द्रले मदाने गाउँपालिकाकाे अध्यक्ष पाएकाे छ ।