मालिकाका घरघरमा डिजिटल परिचयपत्र बन्ने



Live Gulmi


गुल्मी साप्ताहिक पत्रिका, १८ फागुन / मालिका गाउँपालिकाका प्रत्येक घरघरमा डिजिटल परिचयपत्र बन्नेे भएका छन् । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घरघरमा डिजिटल परिचयपत्र बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।

भिलेज प्रोफाइल अन्तर्गत घरघरमा डिजिटल घर नम्बर कायम गरिने छ । जसबाट सबै प्रकारका तथ्यांक हेर्न सकिने गरेर परिचयपत्र बनाउन लागिएको हो । परिचयपत्रमा प्रत्येक घरको आर्थिक, सामाजिक र पारिवारिक तथा अन्य सबै प्रकारका २ सय ४७ प्रश्नको उत्तर संकलन गरिने गाउँपालिकाका सुचना प्रविधि अधिकृत जगत बहादुर पौडेलले जानकारी दिए ।

Jeewan and Rajan Tailors

अब लगत्तै गाउँपालिका अन्तर्गतका कर्मचारीहरुले घरघरमा गएर तथ्यांक स्रकलन गर्ने छन् । डिजिटल परिचयपत्रले योजनाहरुको कार्यान्वयनमा सहयोग पुग्ने गाउँपालिकाकाे अपेक्षा छ । गाउँपालिकाले अनुमानित ५ लाखकाे लगानीमा परिचयपत्रको माध्यमबाट गाउँपालिका भित्र बसोबास गर्ने सबै नागरिकको अवस्था बुझ्न सकिने बनाउन लागेको हो ।

The Star Family Restaurant

गाउँपालिकाले यस कार्यक्रममा खटिने कर्मचारीलाई अभिमुखिकरण गर्न सुरु गरेको छ । अब सोमबार र मङ्गगलबार परिचयपत्र बनाउन खटिने कर्मचारीलाई तालिम दिइने गाउँपालिकाले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया