गुल्मीमा एक महिला मृत फेला, ठक्कर दिएको आशंकामा ट्याक्टर नियन्त्रणमा



Live Gulmi


गुल्मी । गुल्मीमा एक महिला मृत फेला परेकी छिन्  । जिल्लाकाे मालिका गाउँपालिका-५ छापाहिले राङ्लास्थित राङ्लाबाट पैंयाखर्क जाने भित्री कच्ची सडक खण्डमा वडा नम्बर ७ बस्ने ४४ वर्षीया बिमला सुनार घाइते अवस्थामा फेला परेकी थिइन् ।

मापसे गरेकै कारण लडेर घाइते भएको अनुमानमा घटनास्थलबाट निजको श्रीमान र स्थानीयले अन्दाजी ५० मिटर तल ग्राउण्डमा राखेको अवस्थामा सोही ठाँउमा मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरी चाैकी इस्माबाट दुई जनाको प्रहरी टाेली खटिएको थियो । त्यसपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुदिप नेपालीको नेतृत्वमा प्रहरी टाेली खटिएकाे थियो ।

पोष्टमार्टमको लागि शव गुल्मी अस्पताल ल्याइएको छ । थपअनुसन्धान गर्दै क्रममा ट्याक्टरकाे ठक्करबाट मृत्युु भएको आशंकामा शंकास्पद लु ४ त ७५५५ नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यससम्बन्धी थप विवरण खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया