गुल्मीमा बस दुर्घटना, १५ जना घाइते



Live Gulmi


गुल्मी  । सदरमुकाम तम्घासबाट अर्जै जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। मदन भण्डारी राजमार्ग अन्तर्गत रेसुंगा नगरपालिका–४ छल्दीपनाहमा लु १ ख ७७७६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए।

उनका अनुसार बस घुम्तीमा ब्रेक फेल भएर सडक किनारमै खस्दा दुर्घटना भएको हो। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र उनीहरू सबैलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा पठाइएको प्रहरीले जनाएको छ। बस बुटवलबाट दशैं मनाउनका लागि अर्जैतर्फ जाँदै गरेको थियो।

दुर्घटनामा घाइते हुनेहरू:
१) नविन महत, २१ वर्ष, ईस्मा गा.पा.–६ अमरपुर, गुल्मी
२) दिपक पराजुली, ३१ वर्ष, ऐ.ऐ.
३) रेशम भण्डारी, २२ वर्ष, ऐ.ऐ.
४) हरिकला कुमाल, ७३ वर्ष, ऐ.ऐ.
५) राधिका बस्नेत, ४३ वर्ष, ऐ.ऐ.
६) कोपिला बस्नेत, २२ वर्ष, ऐ.ऐ.
७) अनिल बस्नेत, १७ वर्ष, ऐ.ऐ.
८) सरिता कुमाल, ३३ वर्ष, ऐ.ऐ. बुल्म
९) कृष्ण कुमाल, ११ वर्ष, ऐ.ऐ.
१०) सन्त ब. कुमाल, ३९ वर्ष, ऐ.ऐ.
११) चन्द्री कुमाल, ७८ वर्ष, ऐ.ऐ.
१२) ईश्वर कुमाल, ३ वर्ष, ऐ.ऐ.
१३) सरिता महत, ३३ वर्ष, ऐ.ऐ.
१४) सचिन महत, १३ वर्ष, ऐ.ऐ.
१५) लक्ष्मी बिष्ट, ३५ वर्ष, मालिका गा.पा.–६

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया