काठमाडौं । नेपाल वायुसेवा निगम गुल्मी समाजले चाडबाड विशेष शुभकामना आदानप्रदान कार्यक्रम होटल पौवा गौशालामा सम्पन्न गरेको छ । नेपाल वायुसेवा निगममा कार्यरत गुल्मेली कर्मचारीको मञ्च ‘नेवानि गुल्मी समाज’ हो । कार्यक्रम नेवानी गुल्मी समाजका सचीव संगम गिरीले संचालन गरेका थिए ।
कार्यक्रममा निगमका क्वालिटी एस्सुरेन्स विभागका निर्देशक पोषण ज्ञवालीले निगमसँग जहाज थोरै रहे पनि सुपथ मूल्यमा उडान गरिएको बताए ।सेवामा गुणस्तर होस् भन्नेमा कहिले पनि सम्झौता नहुने उनको दाबी छ । निगमका उपनिर्देशक नारायण पौडेलले सीमित जहाजबाट पनि निगमले अर्बौं रकम भित्र्याउन सफल भएको भन्दै धेरै जहाज हुने हो भने धेरै डलर भित्राउन सकिने ।निगमको आम्दानी रेमिट्यान्सको विकल्प बन्ने उनको भनाइ छ ।
नेवानी गुल्मी समाज नेपाल वायुसेवा निगम र गुल्मी भूगोल जोड्ने सशक्त माध्यम भएको बताए । निगमका बजार व्यवस्थापन विभागका उपनिर्देशक ज्ञान बहादुर अर्यालले नेवानी गुल्मी समाजले रचनात्मक कार्यक्रम बढाउनु पर्नेमा जोड दिए । निगममा कार्यरत गुल्मेली कर्मचारीका यस्तो किसिमका कार्यक्रमले आत्मीयता बढाउने कुरामा जोड दिए । निगमको ट्विन अटर जहाजबाट रेसुङ्गा विमानस्थलमा उडान हुनु सुखद रहेको सम्पुर्ण कर्मचारीले निष्कर्ष निकालेका थिए । आगामी दिनमा निगमसङ्ग ट्विन अटर जहाजको संख्या वृद्धि भएमा काठमाडौ रेसुङ्गा दैनिक उडान गर्न समेत सकिने यात्रु चाप रहेको जनाएका छन ।
उक्त कार्यक्रममा निगमका सक्रिय युनियनकर्मीहरु फर्सुराम ज्ञवाली , शिशिर ज्ञवाली , सन्जु पोखरेल लगायत उपस्थित सबैले शुभकामना आदानप्रदान गरेका थिए । नजिकिदै गरेको दशै , तिहार तथा छठको शुभकामना दिदै समाजका अध्यक्ष दिपक पन्थीले कार्यक्रम समापन गरेका थिए । समाजमा करिब ६० जना गुल्मेली कर्मचारी रहेको बताइएको छ ।









