मालिकाकाे अर्जैमा ५५ हजार रुपैयाँ राशिको खुल्ला फुटबल प्रतियोगिता



Live Gulmi


 

गुल्मीमा ५५ हजार रुपैयाँ राशिको खुल्ला फुटबल प्रतियोगिता सुरु हुँदैछ । मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैमा नवयुग युवा क्लब अर्जै पोखराबारीले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा स्वर्गीय खगेन्द्र गिरी स्मृति कप २०८२ अन्तर्गत खुला फुटबल प्रतियोगिता आयोजना गर्दैछ।

प्रतियोगिता असाेज १० गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ। यसमा संघ–संस्था, विद्यालय, क्लब र खेलप्रेमीहरूको सहभागिता अपेक्षित छ। प्रतियोगितामा प्रथम विजेताले रु. ५५,५५५/- सहित कप, मेडल र प्रमाणपत्र र द्वितीय विजेताले रु. ३३,३३३/- सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

नवयुग युवा क्लब पोखराबारीका अध्यक्ष रनबहादुर ठकुरीले प्रतियोगितामा सहभागी भएर खेलकुदको आनन्द लिन र स्वर्गीय खगेन्द्र गिरिको स्मृतिलाई सम्मान गर्न सम्पूर्ण खेलप्रेमीलाई आमन्त्रित गरेका छन्। आयोजकहरूले प्रतियोगितालाई अझ रोचक र व्यवस्थित बनाउन सुझाव र प्रतिक्रियाको स्वागत गरेका छन्।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया