गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसका अवसरमा सचेतना कार्यक्रम सम्पन्न



अनिल खत्री


गुल्मी । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। ‘सुर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर—चिरौं यो मोहजाल’ भन्ने नाराका साथ दिवस मनाइएको हो।

सुर्तीजन्य पदार्थ सेवनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, विद्यालयका विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरबारे जानकारी गराउँदै मुख, घाँटी, फोक्सो लगायतका अंगमा क्यान्सर गराउने, मुटु तथा श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउने, जीवनशैलीमा प्रतिकूल असर पार्ने र सामाजिक तथा आर्थिक रूपमा पनि नकारात्मक प्रभाव पार्ने बताए।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले सुर्तीजन्य पदार्थको सेवन केवल व्यक्तिगत समस्या नभई सम्पूर्ण समाजका लागि चुनौती भएको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

( Jeevan rajan

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले शिक्षण संस्था, स्वास्थ्य केन्द्र तथा स्थानीय तहबीच समन्वय गरेर दीर्घकालीन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

स्वास्थ्य कार्यालय गुल्मीकी प्रमुख पुष्पा थापाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा न्यूनीकरण अभियानलाई सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया