गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गुल्मीमा वृक्षरोपण



Live Gulmi


गुल्मी । गणतन्त्र दिवस २०८२ को अवसरमा गुल्मीमा आयोजित तीन दिने कार्यक्रमअन्तर्गत पहिलो दिनको वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा आज रेसुङ्गा नगरपालिका–५ स्थित वडा कार्यालय परिसरमा वृक्षरोपण कार्यक्रम गरिएको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको सम्मानमा आयोजित कार्यक्रमको पूर्वसन्ध्यामा सम्पन्न वृक्षरोपणमा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्था, विद्यार्थी र स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीका अनुसार गणतन्त्र दिवसको अवसरमा रचनात्मक र जनसहभागितामूलक कार्यक्रमहरू गरी दिवसलाई भव्य रूपमा मनाउने उद्देश्यले वृक्षरोपण गरिएको हो ।

कार्यक्रमको दोस्रो दिन जेठ १५ गते धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल रेसुङ्गा महापोखरी क्षेत्रदेखि रेसुङ्गा पार्कसम्म सरसफाइ अभियान सञ्चालन गरिनेछ । त्यस्तै तेस्रो दिन जेठ १६ गते जिल्लाभरका सरकारी कार्यालय, संघ–संस्था र सर्वसाधारणको सहभागितामा साँझ दीप प्रज्वलन गरिने कार्यक्रम रहेको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन समन्वय प्रमुख खत्रीले सबै राजनीतिक दल, संघ–संस्था र आम नागरिकलाई आग्रह गर्नुभएको छ ।

वृक्षरोपण कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेण खत्रीसहित रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका प्रतिनिधिसहित सराेकारवालाहरूकाे सहभागिता थियो ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया