पराजुली समाज गुल्मीको नयाँ कार्यसमिति, अध्यक्षमा घनश्याम



Live Gulmi


गुल्मी । गुल्मीमा गुल्मी जिल्ला पराजुली समाजको नयाँ कार्यसमिति गठन भएको छ । भेलाले घनश्याम पराजुलीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

जसको उपाध्यक्ष तोयनाथ, सचिव धर्मराज, कोषाध्यक्ष टोपलाल, सदस्यहरु टेकहरी, तुलसा, रोक प्रसाद, मुक्तिराम, पुर्ण, रिता र  बिष्णु रहेका छन् । जसमा दुई सदस्य पछि मनाेनित गर्नेगरी रिक्त छन् ।  पराजुली समाज गुल्मीको वंशावली किताब पनि यसअघि नै तयार भइसकेको छ ।

उक्त कार्यक्रममा पराजुली वंशका थुप्रै व्यक्तिहरु र लुम्बिनी प्रदेशका पूर्वसदस्य साथै पाल्पा जिल्लाका अध्यक्ष हरि पराजुली र जिल्ला समन्वय समिति गुल्मीका पूर्वप्रमुख लक्ष्मण पराजुलीको सहभागिता थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष घनश्याम पराजुलीले  छरिएर रहेका पराजुलीहरूलाई एक्यबद्धता बनाउने अभिप्राय र आफ्नो धर्म संस्कृतिको रक्षा गर्ने उद्देश्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया