गुल्मीको चन्द्रकोटले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन भत्ता दिने



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले हल गोरु पालक किसानहरूलाई वार्षिक प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । पछिल्लो समय किशानले गोरु पाल्न छोडेकाले प्रोत्साहन गर्नका लागि पालिकाले यस्तो नीति अपनाएको छ ।

गाउँपालिकाले किसानहरूको राहतका लागि प्रतिजोडा गोरु वार्षिक ३ हजार रुपैयाँ दिने योजना ल्याएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो  । यस योजना अन्तर्गत गाउँपालिकाका ८ वटै वडामा रहेका किसानहरूले लाभ पाउने छन् । हाल संकलित विवरण अनुसार पालिकाभित्र कुल २५८ जोडा गोरु पालिएको देखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले प्रत्येक वडामा किसानहरूले पालिरहेका जोडा गोरुको संख्या संकलन गरेको छ ।

गाउँपालिकाले यो योजना सञ्चालन गर्न पर्याप्त बजेट छुट्याएको छ । जसअनुसार किसानहरूले भत्ता आफ्नै वडा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् । गाउँका धेरै ठाउँमा ट्र्याक्टर र आधुनिक मेसिन नपुगेको अवस्थामा हल गोरु जोत्ने परम्परा जोगाएर किसानहरूले आफ्नो खेतीपातीलाई जोगाइ रहेकाले उनिहरुको सम्मानका लागि पालिकाले यस्तो नीति ल्याएको पालिकाले जनाएको छ ।

bird conversation Add

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया