गुल्मीमा माघ महिनामै १६ ठाउँमा आगलागी



अनिल खत्री


गुल्मी । गर्मी र सुख्खा मौसम शुरु भएसँगै दैनिक जसो आगोलागीका घटनाहरू बढ्दै जाने गर्दछन् । आगोलागीबाट गुल्मी जिल्लामा पनि वर्षेनी आगोलागीबाट करोडौं मुल्यको जन धनको क्षती हुने गरेको छ । गुल्मी जिल्लामा सुख्खा सिजन सुरुभएसँगै आगोलागीका घटनाहरु तिब्र रुपमा बढ्ने गर्दछन् । गाउँमा बस्ती रित्तिदैं गएको र झाडी बढ्दै जाँदा आगलागीका घटनाहरु दैनिक जसो बढ्ने गर्दछन् ।

जिल्लामा माघ महिनामा विभिन्न १६ ठाउँमा आगोलागी भएको प्रहरीले जनाएको छ । एक महिनाको अवधीमा उक्त ठाउँका सामुदायिक वनमा आगोलागी भएको थियो । आगोलागीबाट एउटा घर, ३ वटा गोठ जगेको तथ्याङक रहेको छ । त्यस क्रममा २ वटापशु चौपाया जलेर नष्ट भएका छन् । ४ वटा घइते अवस्थामा रहेका छन् ।

आगोलागीमा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्लामा विभिन्न स्थानका १६ ठाउँमा लागेको आगो नियन्त्रण गर्न ५१ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए । गर्मीसुरु नहुँदै यतिधेरै ठाउँमा आगोलागी हुनु यसवर्षको सुख्खा सिजनका लागि ठूलो चुनौतीको विषय बन्ने देखिन्छ । जिल्लामा अघिल्ले वर्ष गुल्मीका १२ स्थानीय सरकारका ८० सामुदायिक वनमा आगो लागेको थियो । आगलागीबाट २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको थियो । अघिल्लो वर्ष जिल्लामा ६१ वटा घर र ७९ वटा गोठ जलेर करोडौंको क्षति भएको थियो ।

गुल्मी जिल्लामा पछिल्लो २० वर्षको तथ्याङक हेर्दा ०७३ साल पछि आगोलागीको ठूलो घटना अघिल्लो वर्ष घटेको छ । ०७३ सालमा मुसिकोट नगरपालिकाको वडानम्बर–४ दगाकोटमा स्थानीय सामुदायिक वनबाट बस्तीमा आगो पुग्दा ५८ वटा घर जलेका थिए । सयौं पशुचौपाय र सयौं गोठ जलेर नष्ट भएका थिए । आगोलागीबाट वर्षेनी जनधनको क्षती हुने गरेको छ । यसवर्ष पनि हिँउदमा पानी नपरेकाले आगोलागीका घटनाहरु बृद्धि हुनसक्ने अनुमान सबत्र हुन थालेको छ ।

( Jeevan rajan

आगोलागीबाट सम्भावित क्षती कम गर्न जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न रणनीतिहरु अपनाउने कार्ययोजना अगाडी सारेको छ । आगोनियन्त्रण सम्बन्धी कार्य योजना बनाएर अगाडी बढने गरि विभिन्न खालका रणनीतिहरु तयार गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । सुरक्षकर्मीलाई अग्नि नियन्त्रणका सामाग्री तयारी अवस्थामा राख्ने काम र अपुग सामाग्री मागका लागि विभिन्न कार्यालयसँग समन्वय पनि भइरहेको गौतमले बताए । आगो लागिका लागि जोखिम नियन्त्र र आगोलागि भइहालेको खण्डमा कसरी नियन्त्रण गर्न सकिन्छ भनेर त्यस बारेमा पनि योजनाहरु बनाइएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

आगो लागाउने व्यक्ति पहिचाहनका लागि पनि सुस्म तरिकाले निगरानी गर्न ठाउँ–ठाउमा प्रहरीद्धारा निगरानी गर्ने काम पनि गरिने भएको छ । गर्मी र सुख्खा सिजन सुरु भएसँगै आगोलागीका घट्ना र यसको रोकथामका लागि कसरी अगाडी बढने भन्ने बारेमा विभिन्न ठाउँमा बहस हुन थालेको छ । आगोलागी नियन्त्रणका लागि स्थानीय सरकारको प्रमुख भूमिका हुन्छ । नजिक र छिटो छरितो पुग्ने भनेकै स्थानीय सरकार भएकाले अग्नी नियन्त्रणका लागि पनि स्थानीय सरकारले विभिन्न योजनाहरु अगाडी बढाएका छन् ।

आगोलागिका घटनाहरु कम गर्न सामुदायिक वन उपभोक्ता समितिलाई पूर्व तयारी सहित सक्रियता बढाउने, सचेतना कार्यक्रमहरु राख्ने काम गरेको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । विपद्मा काम लाग्ने खालका संरचना बनाउने पालिकाको नीति चन्द्रको गाउँपालिकाले लिएको छ । पालिकाबाट द्रुत प्रतिकार्य टिम निर्माण, स्थानीय प्रहरी चौकीको सहभागितामा आगोलागि नियन्त्रणका उपकरण वितरण गर्ने  काम पनि स्थानीय सरकारले गर्दै आएको केसीले बताए । आगोलागि भइहाल्यो भने शान्तिपुर र मजुवा बजारमा फायर आइडेन्ट उपकरण जडान गर्ने काम पनि चन्द्रकोट गाउँपालिकाले गरेको छ ।

पालिकाका सबै वडा टोलहरुमा बाटो पुगेका ठाउँमा ट्याक्टरमा जडान गर्ने गरि १४ हजार लिटरको ट्याङकर खरिद गरेको अध्यक्ष खत्रीले बताए । आगोलागिबाट गतवर्ष सबैभन्दा धेरै क्षति इस्मा गाउँपालिकामा भएको थियो । यसवर्ष गाउँपालिकाले अहिल्यैबाट आग्नी नियन्त्रण गर्ने गरि योजना बनाएको छ । गाउँपालिकाले मिनि दम्कलको रुपमा प्रयोग गर्ने त्यसका लागि नगरप्रहरी समेत भर्ना गरेर तालिम प्रदान गरेर तयारी थालिएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।

पालिकाले अहिलेदेखि नै पूर्व तयारी गरिरहेको छ । रेडक्रस, स्थानीय युवाहरुको टिम बनाएर जनचेतनाका काम गरिरहेको खड्काले बताए । आगोलागि नियन्त्रणका लागि फायर पम्प, ट्याङकर सहितको ट्याक्टर तयारी अवस्थामा राखेको, नगरप्रहरी, कर्मचारी लगायतले फायरपम्प चलाउने गरि तालिम प्रदान अध्यक्ष खड्काले बताए । आगो लगाउने कार्य मानवबाटै भएकाले यसको नियन्त्रणका लागि जनचेतनाका कामहरु हुन सकेको नसकेको उनले बताए । आगोलागि हुन साथ तुरुन्तै नियन्त्रण गर्ने गरि टिमी बनाएर तयारी थालेको खड्काले बताए । सुख्खा मौसम, पानी तथा जनशक्तिको अभाव, हावाहुरी र सल्लेरी क्षेत्र भएकाले आगो नियन्त्रण ल्याउन कठिन हुन्छ । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधी र केहि स्थानीयको आगोलागी क्षेत्रमा पुग्ने गरेपनि धेरै ठाउँमा आगोलागि सजिलै हुन सत्तैन । आगोले प्रत्येक बर्ष वन क्षेत्रभित्रका पशुपंक्षी, महत्वपूर्ण जडीबुटी, रुख विरुवा जलेर नष्ट हुने गरेका छन् ।

आगोलागी सम्बन्धी जनचेतना अभाव र हेलचेक्रयाईँका कारण हरेक वर्ष आगलागी हुने गरेको छ । लागो लागेपछि धेरै समय नियन्त्रणमा नआउँदा कैयौँ जडीबुटी तथा बन्यजन्तुको अस्तित्व संकटमा पर्ने गर्दछ ।  जैविक विविधताको धनी वन जंगलमा बर्सेनि लाग्ने आगोले यिनीहरूको अस्तित्वमा संकट परेको छ ।  आगो लगाएको सुराकी दिने ब्यक्तिलाई गोप्य रुपमा पुरस्कार प्रदान गरिने व्यवस्था पनि रहेको छ । तर अहिलेसम्म आगो लगाउने व्यक्ति समेत पक्राउ परेको पाइदैन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया