आदर्श विद्या आश्रममा ५३ जना विद्यार्थीले गरे अक्षरारम्भ



अनिल खत्री


गुल्मी । वसन्त पञ्चमी तथा सरस्वती पुजा आज देशभरी मनाइएकाे छ । आजको दिन साना साना बालबालिकाहरुलाई अक्षर चिनाउनेदेखि लिएर कुनै नयाँ कामको थालनीका लागि समेत राम्रो साइत मानिन्छ ।

यसै अवसरमा आदर्श विद्या आश्रम इंग्लिश बोर्डिङ स्कुल तम्घास गुल्मीले सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१, आदर्शचोक, गुल्मी स्थित आदर्श विद्या आश्रम इंग्लिश बोर्डिङ स्कुलले विद्यालयमा यस वर्ष अहिलेसम्मकै ठूलो संख्यामा विद्यार्थी भर्ना गरेको छ ।

Jeewan and Rajan Tailors

अक्षरारम्भको दिनमात्र ५३ जना विद्यार्थीहरूले अक्षरारम्भ गरेको विद्यालयका प्रबन्ध निर्देशक राजु कुंवरले बताए । यस उपलब्धिले विद्यालयको शैक्षिक अभियान थप सशक्त बनेको विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रमको अवसरमा पूर्व विद्यार्थी सुजाता पाण्डे, ःद्यद्यक् फिजियोथेरापीमा पूर्ण छात्रवृत्तिमा र पूर्व विद्यार्थी रबिना क्षेत्री, ःद्यद्यक् नर्सिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकोमा उनका अभिभावकलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित भएका भाग्यमानीको रूपमा अभिभावक सुभेक्क्षा पाण्डे, शिक्षक स्टाफ सूचना अधिकारी र विद्यार्थी गौरब पन्थीलाई चिट्टा मार्फत उपहार प्रदान गरिएको कुँवरले बताए ।

अक्षरारम्भ कार्यक्रममा विद्यालयका संचालक समिति अध्यक्ष प्रेम नारायण भण्डारीले हाम्रो साझा प्रयास र समर्पणकै कारण आज हामी शिक्षाको उज्यालो यात्रा अझ मजबुत बनाउन सक्षम भएको बताए । भविष्यमा पनि यसैगरी तपाईंहरूको अमूल्य सहयोग, सल्लाह र प्रेरणाले हामीलाई थप अघि बढ्न हौसला प्रदान गर्नेछ भन्ने दृढ विश्वास लिएको अध्यक्ष भण्डारीको भनाइ छ ।

कार्यक्रमका सभापति विद्यालयका संचालक समिति अध्यक्ष प्रेम नारायण भण्डारी रहेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा रेसुङ्गा नगरपालिकाका उपमेयर अमृता देवी कुँवर रहेकी थिइन । कार्यक्रममा विशेष अतिथिका रूपमा वडा अध्यक्ष रामप्रसाद पन्थी, शिक्षा विकास तथा समन्व्य इकाई प्रमुख थानेश्वर घिमिरे, शिक्षाविध शसी पन्थी, पूर्व प्रधानाध्यापक छवि खरेल लगायत शिक्षासेवी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विद्यालयका प्रबन्ध निर्देशक राजु कँवरले अतिथिहरूलाई स्वागत गरको कार्यक्रमको सहजीकरण शिक्षक सागर खनालले गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया