परिवर्तन संसारको अपरिहार्य नियम हो । समयसँगै मानिस, समाज, र सोच परिवर्तन भइरहेका छन् । हामीले हरेक दिन हाम्रो सोचमा नयाँपन ल्याउन जरुरी छ । यो नयाँ सोचले हाम्रो व्यक्तिगत जीवनदेखि समाजको रुपान्तरणसम्म ठूलो भूमिका खेल्न सक्छ ।
सोचको शक्ति
सोच नै सबै चिजको सुरुवात हो। सोच सकारात्मक र रचनात्मक भए, समस्याको समाधान पत्ता लगाउन सकिन्छ । मानिसले सोच्न छाडेपछि जीवन स्थिर र निराशाजनक बन्न थाल्छ । सोचेर, योजनाबद्ध ढंगले अघि बढ्न सके असम्भव भन्ने केही हुँदैन । चाहे राजनीति होस्, आर्थिक अवस्था होस्, वा सामाजिक सम्बन्ध, सही सोच र प्रयासले हरेक क्षेत्रमा परिवर्तन सम्भव छ ।
राजनीतिक र सामाजिक परिवर्तन
राजनीति समाजसेवाको उत्कृष्ट माध्यम हो । यसलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दा समाज विखण्डन हुन्छ । राजनीति परिवर्तनको माध्यम बन्नुपर्छ, समस्या सिर्जना गर्ने होइन । राजनीतिको उद्देश्य जनताको सेवा र देशको समृद्धि हो । सोच परिवर्तन गरेर राजनीति समाजका लागि प्रेरणादायी बनाउनु आवश्यक छ ।
सामाजिक रूपान्तरणका लागि पनि सोच परिवर्तन मुख्य कुरा हो । जात, धर्म, र क्षेत्रको आधारमा हुने विभेद अन्त्य गर्न हरेक व्यक्तिले समानताको सोच राख्नुपर्छ । समाजमा मेलमिलाप, सहयोग, र आपसी सम्मानको भावना विकसित गर्न सकियो भने समृद्ध समाजको परिकल्पना साकार हुन्छ ।
आर्थिक रूपान्तरण
आर्थिक समृद्धि व्यक्तिगत मात्र होइन, समाज र राष्ट्रको समेत आधार हो । सही सोच र योजनाबद्ध कार्यले आर्थिक असमानता हटाउन सकिन्छ । उद्यमशीलता, सीप विकास, र प्रविधिको उपयोगबाट आर्थिक विकास सम्भव छ । युवालाई आत्मनिर्भर बनाउनेतर्फ सोच केन्द्रित गर्नुपर्छ । ग्रामीण क्षेत्रमा स्रोत र साधनको उचित उपयोग गर्न सके आर्थिक रूपमा देश सबल बन्न सक्छ ।
सोच परिवर्तनको यात्रा
सोच परिवर्तन भनेको तत्काल हुने प्रक्रिया होइन । यो निरन्तर अभ्यास र धैर्यताको परिणाम हो । सोच परिवर्तन गर्नका लागि आफूलाई सुधार्ने, नयाँ ज्ञान हासिल गर्ने, र आफ्ना कमजोरी सुधार्ने प्रयास गर्नुपर्छ । परिवर्तनको सुरुवात आफूबाट गर्नुपर्छ । व्यक्तिगत सोच बदल्न सके समाज परिवर्तन हुने मार्ग खुल्छ ।
शिक्षा र चेतनाको भूमिका
परिवर्तन ल्याउन शिक्षा र चेतना सबैभन्दा महत्त्वपूर्ण माध्यम हुन् । शिक्षाले मानिसलाई सोच्न, विश्लेषण गर्न, र नयाँ दिशामा अघि बढ्न सक्षम बनाउँछ । शिक्षा सँगै समाजमा चेतना फैलाउन मिडिया, साहित्य, र कलाले ठूलो योगदान दिन सक्छ । सही सोचको प्रचार र सकारात्मक दृष्टिकोणको विकासले दीर्घकालीन परिवर्तन सम्भव छ ।
निष्कर्ष
परिवर्तनको आधार सोच हो । सोच परिवर्तन गरेर असम्भवलाई सम्भव बनाउने शक्ति हाम्रै भित्र छ । चाहे राजनीति होस्, आर्थिक विकास होस्, वा सामाजिक जीवन-सबै क्षेत्रमा परिवर्तन सम्भव छ । अब समय आएको छ, हामीले आफ्नो सोच परिवर्तन गरेर समाज र देशलाई सकारात्मक दिशामा लैजाने ।
“परिवर्तन हामीबाट सुरु हुन्छ । सोच बदलिए, सबथोक बदलिन्छ।”
✍️ बासुदेव पाेखरेल
(लेखक पाेखरेल सामुदायिक रेडियो धुर्काेट गुल्मीका स्टेशन म्यानेजर हुन् । उनी शब्द सर्जक पनि हुन् ।)