गुल्मी । समाजसेवामा सक्रिय युवाहरुलाई समेटेर गठन भएको लुम्बिनी फ्रेन्डस सर्कल रुपन्देहीले प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले पदम न्यौपानेको अध्यक्षतामा ११ सदस्य कार्यसमित चयन गरेको हो । जसको उपाध्यक्षमा महेन्द्र जंग कुँवर , सचिव अर्जुन खनाल, सह सचिव विशाल भण्डारी, कोषाध्यक्ष कमल श्रेष्ठ चयन भएका छन् । यसै गरी सदस्यहरूमा राम प्रसाद भण्डारी, सुवाश भण्डारी, विष्णु प्रसाद पन्त,विवेक भण्डारी, राजेश ओझा र सुदन ज्ञवाली चयन भएका हुन । अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले युवाहरुको पहलमा खुलेका यस्ता क्लवले नागरिकहरुका लागि समाजको रुपान्तरण, समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । मन्त्री कार्कीले लुम्बिनी फ्रेन्डस सर्कलले आउने दिनमा आफ्नो कामलाइ सामाजिक गतिविधिको साथसाथै युवाहरुको नेतृत्व विकासमा अगाडी बढ्न सुझाव दिए । कार्यक्रममा सर्कलका अध्यक्ष पदम न्यौपानेले सर्कल स्थापना भएको एक वर्षमै लुम्बिनी फ्रेन्डस सर्कल रुपन्देहीले धेरै सामाजिक कार्य गरिएको बताए । उनले हाल सम्म धेरै पटक रक्तदान, आगलागी पिडितलाई सहयोग, ट्राफिक सम्बन्धि जनचेतना मुलक कार्यक्रम, छाडा चौपाय व्यवस्थापनमा सहजीकरण लगायतका काम गरिएको जानकारी दिए ।
तपाईंको प्रतिक्रिया
-
Live Gulmi सुसम मिडिया प्रालिद्धारा संचालित डिजिटल अनलाइन पत्रिका हो ।लेखक द्वारा अन्य