अनिल खत्री, गुल्मी । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गमा भएको राष्ट्रपति रनिङ शिल्डकाे उपाधि मेघगङ्गा माविले जित हात पारेको छ । मदाने गाउँपालिकाले आयोजना गरेको पाचौ पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विभिन्न बिधालय बाट सहभागी रहेको थियो । गत शुक्रबार मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुवरले उद्घाटन गरि विभिन्न बिधामा संचालन भएको उक्त राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र ४ कास्य गरि कुल २० पदक सहित श्री मेघगङ्गा माध्यमिक विद्यालय मदाने गाउँपालिका २ ले यस बर्षको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी चुम्न सफल भएको हो । यसै गरि ७ स्वर्ण ५ रजत र ६ कास्य गरि कुल १८ पदक सहित श्री पृथ्वी माध्यमिक विद्यालय मदाने गाउँपालिका ६ द्वितीय र ६ स्वर्ण २ रजत र ६ कास्य गरि कुल १४ पदक सहित श्री मेहले पोखरि माध्यमिक विद्यालय मदाने गाउँपालिका ४ तृतीय भएको मदाने गाउँपालिका १ का वडा अध्यक्ष सुशील चन्दले बताए । समापन समारोहलाई सम्बोधन गर्दै मदाने गाउँपालिकाका १ का वडा अध्यक्ष सुशील चन्दले विद्यार्थीको पढाईको साथमा खेलकुदप्रती लगाब बढ्दा ब्यक्तित्व बिकास साथमा सीप हरु सिक्नको लागि यस्ता कार्यक्रमले टेबा पुर्याउने बताए । पालिकाले विभिन्न बिधालयलाई पालै पालो गरि यो कार्यक्रम सन्चालन गर्न दिने गरेको छ । यश बर्ष भने यो कार्यक्रम वडा १ ,अग्लुङ्गमा रहेको अग्लुङ्ग माध्यमिक बिधालयलाई सम्पन्न गर्ने जिम्मा रहेको थियो ।
तपाईंको प्रतिक्रिया
-
Live Gulmi सुसम मिडिया प्रालिद्धारा संचालित डिजिटल अनलाइन पत्रिका हो ।लेखक द्वारा अन्य