अनिल खत्री, गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको कंकेदेउरालीमा आयोजना गरिएको प्रथम कंकेदेउराली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव हजारौं दर्शकको उपस्थिति सङ्गै सम्पन्न भएको छ । पौष ५ देखि सुरु भएको महोत्सव लगातार ३ दिन सम्म सन्चालन गरिएको हो । मदाने गाउँपालिकाको आयोजना तथा तथा कंकेदेउराली पर्यटन पूर्वाधार विकास समिति मदाने गाउँपालिका–६ पुर्कोटदहको सहआयोजनामा सुरु भएको महोत्सव जुन उदेश्यका सन्चालन गरिएको हो सोही अनुरुप भब्यताका सम्पन्न भएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिक पन्थीले बताए ।
मदाने क्षेत्रमा उत्पादन हुने कोदो,मकै,फापरको पिठो ,जौ लगाएत १ सय भन्दा बढी सम्पुर्ण कृषिका सामाग्री ,फलफुल ,बोका लगाएतका कृषि जन्य उत्पादनलाई प्रमुख प्राथमिकतामा राखेर कार्यक्रम गरिएको पन्थीले बताए । मदानेमा उत्पादित सामाग्री लाई प्रदशनमा राखेर देशैभर मदाने कृषि क्षेत्रमा भरिपुर्ण मात्र नभई मदाने पर्यटकिय हिसाबले पनि कंकेदेउराली पर्यटन पूर्वाधार विकास समिति सङ्गको समन्वयमा यो कार्यक्रम राखिएको समिति उपाध्यक्ष सुनिल थापाले जानकारी दिए । महोत्सवमा राष्ट्रिय कलाकार बम बहादुर कार्की ,मन्जु पौडेल तथा मदानेमा जन्मिएका कलाकार तुल्सिङ्ग रनपछाई,सुनिल थापा,बिक्रम बाबू बिक ,अनिल खत्री ,कमल चन्चल लगाएतका दर्जनौ कलाकारले प्रस्तुती दिएका थिए ।
जिल्लाकै ऐतिहासिक रुपमा रहेको पर्यटकीय क्षेत्र कंकेदेउरालीको पर्यटन विकास र स्थानीयस्तरमा रहेका कृषि उपजहरुको प्रवद्र्धनका लागि महोत्सवले टेवा पुर्याउने हेतुले महोत्सवको आयोजना गरिएको पालिका उपाध्यक्ष सरिता खड्काले बताईन ।
पर्यटकलाई लोभ्याउन यहाँ संग्रहालय, गौतम बुद्धको मूर्ति, फोहरा सहितको पोखरी, भ्यू टावर , पूजाआजाका लागि मन्दिर , बालबालिकाका लागि बाल उद्यान लगायतका थुप्रै संरचना निर्माण गरिएको छ। जसका कारण मदाने पर्यटकको रोजाइमा समेत पर्दै गएको खड्काले बताईन । महोत्सवमा विद्यालयस्तरको प्रतिभाको खोजी अभियान अन्तरगत मदाने तारा समेत सञ्चालन समेत गरिएको थियो । मदाने भित्र रहेका सम्पुर्ण बिधालय बाट ८० सहभागी रहेका थिए ।जसमा प्रथम कमला सुनार ,दृतिय वर्षा परियार ,तृतीय अनुपन बिक र सान्त्वना जालपा खत्री भएका हुन । जसले क्रमशः १५ हजार ,१० हजार ,८ हजार र ५ हजार पुरस्कार सहित प्रमाणपत्र दिईएको हो ।
त्यस्तै खुल्ला लोक भजन अन्तरगत ३ समूह सहभागी रहेको थियो । आध्यात्मिक जागरण सांस्कृतिक समाज प्रथम, म्यालपोखरी भजन मण्डली दोस्रो र पुर्कोट महिला भजन मण्डली तेस्रो भएका छन्। प्रथम समूहले १५ हजार र प्रमाणपत्र, द्वितीय र तृतीयले क्रमशः १० र ५ हजारसहित प्रमाणपत्र पाएका छन् । महोत्सवमा हजारौं ब्यक्ति ,भक्तजनको उपस्थिति रहेको थियो ।