गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर – १ हर्पुकोट भेडाबारी बस्ने ३५ वर्षका रमेश खत्री मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) शंकर पोखरेलले बताउनुभयो ।
मृत रमेश घरदेखि ५ सय मिटर माथि गोरेटो बाटोमा घोप्टो अवस्थामा मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमाण्ड प्रहरी खटिएको छ ।